मनाङले अन्तिम समयमा विराट गाेल्डकप नखेल्ने निर्णय

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-२८
  • |
  • 449 पटक हेरिएको

विराटनगरमा जारी विराट गोल्डकपबाट मनाङ मस्र्याङदीले अन्तिम समयमा नखेल्ने निर्णय गरेको छ । जसका कारण प्रतियोगिताको खेल तालिका नै परिवर्तन भएको छ ।

पोखरामा जारी आहा रारा गोल्डकपको पहिलो खेलमा नै पराजित भएर बाहिरीएको मनाङ टिममा केहि प्राविधिक समस्या रहेको भन्दै विराट गोल्डकप नखेल्ने निर्णय गरेको बताइएको छ ।

तालिका अनुसार मनाङले शनिबार विराटनगर महानगरपालिकासँग खेल्ने तालिका थियो । तर त्यो तालिका परिवर्तन भएको छ ।

मनाङले प्रतियोगिता नखेल्ने भएपछि आयोजकले प्रतियोगितामा युनाइटेड पश्चिम बंगाल टिमलाई अन्तिम समयमा प्रतियोगितामा समावेश गरेको छ ।

जसमा उसले सोझै मनाङको स्थानमा क्वाटरफाइनल खेल्नेछ । उसले घरेलु टिम विराटनगर महानगरपालिकासँग प्रतिस्पर्धा गर्नेछ ।
प्रतियोगितामा आजबाट क्वाटरफाइनलका खेलहरु हुनेछन ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey