Mega Bank

आहा ! रारा गोल्डकपमा पहिलाे पटक च्याम्पियन बन्ने दाउँमा संकटा र अफ्रिकन रुट्स

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७७-१२-२८
  • |
  • 165 पटक हेरिएको

आहा ! रारा गोल्डकपको उपाधिका लागि आज उपाधि भिडन्त हुँदै छ ।

पोखरामा जारी प्रतियोगिताको उपाधिका लागि संकटा क्लब र अफ्रिकन रुट्स एशोसिएशन आमने सामने हुन लागेका छन् ।

अफ्रिकन रुट्सले विभागीय क्लब नेपाल पुलिसलाई पराजित गर्दै फाइनलमा पुग्दा संकटा अर्को विभागीय क्लब एपीएफलाई पराजित गर्दै उपाधि नजिक पुगेको थियो ।

१९ औं संस्करणको आहा ! रारा गोल्डकपमा उपाधि नजिक पुगेका दुवै टिम मध्ये क्यामरुनको टोली अफ्रिकन रुट्स र संकटा पहिलो पटक उपाधि जितेर इतिहास रच्ने होडमा छन ।

आहा ! रारा गोल्डकपमा सर्वाधिक उपाधि रच्ने इतिहास बोकेको मनाङ मर्स्याङदीले ६ पटक नेपाल पुलिसले क्याराभान गोल्ड कप सहित ६ पटक, थ्रि स्टारले ४ पटक, सहारा र नेपाल आर्मीले १÷१ पटक उपाधि जितेको इतिहास छ ।

प्रतियोगिताको उपाधि विजेताले १० लाख एक हजार र उप विजेता हुने टिमले ५ लाख एक हजार नगद पुरस्कार पाउने छ ।

भर्खरै

Advertisement