साविक विजेता मुम्बई पहिलाे खेलमा नै पराजित, बैंग्लोर २ विकेटले विजयी‌

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-२७
  • |
  • 492 पटक हेरिएको

इन्डियन प्रिमियर लिगमा साविक विजेता मुम्बई इन्डियन्स पहिलो खेलमा नै पराजित भएको छ । आज भएको खेलमा विराट कोहलीको कप्तानीमा रहेको बैंग्लोरसँग मुम्बई दुई विकेटले पराजित भयो ।

चेन्नेईमा टस हारेर ब्याटिङको निम्तो पाएको मुम्बईले निर्धारित २० ओभरमा नौ विकेटको क्षतीमा एक सय ५९ रन बनाएको थियो ।

मुम्बईका लागि कप्तान रोहित शर्माले १९ रन बनाए भने यो सिजनमा मुम्बईबाट डेब्यु गरेका क्रिस लिनले ४९ रन बनाए । उनले ३५ बलमा चार चौका र तीन छक्का प्रहार गरे ।

यस्तै सुर्यकुमार यादवले ३१ रन बनाउँदा हार्दिक पाण्ड्याले १३ रन बनाए । इशान किसनले २८ रन बनाउँदा पोलार्ड र कुर्नाल पाण्डेले समान ७ रन बनाए .

मार्को ज्यानशन र राहुल चहारले कुनै रन बनाउन सकेनन् । जशप्रित ब्रुम्।राहले नटआउट १ रन बनाए ।

बलिङतर्फ हर्ष पटेलले ५ तथा वाशिङटन सुन्दर र केइल जेम्निशनले एक एक विकेट लिएका थिए ।

जवाफमा बैंग्लोर २० ओभरमा ८ विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । मध्यम सुरुवात गरेको बैंग्लोरले ३६ रनमा पहिलो विकेट गुमायो । उसका ओपनर वासिंटन सुन्दर १० रनमा आउट भए । त्यसपछि रजत पडिदारपनि ब्यक्तिगत आठ रनमा पेभेलियन फर्किएपछि बैंग्लोरले ४६ रनमा दोस्रो विकेट खेर फाल्यो ।

तेस्रो विकेटका लागि विराट कोहली र ग्लेन म्याक्सवेलले ५२ रनको साझेदारी गर्दै टिमलाई सम्हाल्ने प्रयास गरेका थिए । जसमा कोहली ३३ रनमा आउट हुन पुगे । जसका कारण बैंग्लोरले ९८ रनमा तेस्रो विकेट खेर फाल्यो । त्यसपछि उसले स्कोरबोर्डमा अरु २४ रन जोड्दा थप तीन विकेट गुमायो । ग्लेन म्याक्सवेल ३८ रनमा आउट भए भने सहबाज अहमद र डान क्रिस्टियन एक एक रनमा पेभेलियन फर्किए ।

अन्तिममा एवी डिभिलियर्सले टिमलाई जितको नजिक पुर्याएको थिए । तर उनी ४८ बलमा रनआउट हुन पुगे । उनले २७ बलमा चार चौका र दुई छक्का प्रहार गरेका थिए । बलिङमा मुम्बईका लागि जसप्रित बुम्राह र मार्को जानसिनले दुई दुई विकेट लिए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey