पञ्जाव पुलिस विराट गाेल्डकपकाे क्वार्टरफाइनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-२७
  • |
  • 533 पटक हेरिएको

गोर्खा ब्वाइजलाई हराउँदै भारतीय क्लब पञ्जाब पुलिस विराटनगरमा जारी विराट गोल्ड कपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

विराटनगरस्थित सहिद रङ्गशालामा शुक्रबार भएको खेलमा पञ्जाबले गोर्खा ब्वाइजलाई टाइब्रेकरमा ४–२ गोल अन्तरले हरायाे । जसका कारण उसले अन्तिम ८ मा प्रवेश गर्‍यो।

खेलको पहिलो हाफमा गोर्खा ब्वाइज र पञ्जावले गोल गर्ने केही राम्रा अवसर खेर फालेपछि गोलरहित बराबरी खेलेका थिए।

खेलको ८०औं मिनेटमा शक्ति राईले गोल गर्दै गोर्खा ब्वाइजलाई सुरूआती अग्रता दिलाए। तर इन्ज्युरी समयमा जितेन्द्र सिंहले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए।

निर्धारित ९० मिनेटमा खेल १–१ गोलको बराबरीमा सकिएकाे थियाे । त्यसपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। ३० मिनेट थपिएको अतिरिक्त समयमा गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुग्याे । जसमा पञ्जाब पुलिसले गोर्खा ब्वाइजमाथि ४-२ गोलले हरायाे ।

टाइब्रेकरमा गोर्खा ब्वाइजका आशिष गुरूङ र अजित गुरूङको प्रहार सफल नहुँदा शक्ति राई र गौरव श्रेष्ठले गोल गरे।

पञ्जाबका सरजित सिंह, जितेन्द्र सिंह, बलजित सिंह र अर्शदीप सिंहले गोल गरे ।

अब पञ्जाबले क्वार्टरफाइनलमा काठमाडौंको मछिन्द्र क्लबसँग खेल्नेछ। यसअघि उद्घाटन खेलमा भारतको सिक्किम युनाइटेडलाई हराउँदै विराटनगर–११ क्वार्टरफाइनल प्रवेश गरिसकेको छ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey