Mega Bank

अफ्रिकन रुट्स रातारात गायब भएर अर्काे प्रतियाेगिता खेल्न पुग्याे !

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७७-१२-२७
  • |
  • 223 पटक हेरिएको

आहा रारामा सहभागी हुन आएको पाहुना टोली अफ्रिकन रुट्स एशोसियसनका खेलाडी सबैलाई चक्मा दिँदै सर्लाही गाेल्डकप खेल्न पुगे ।

अफ्रिकन रुट्स आहा रारामा सहभागीताकै क्रममा सर्लाहीमा जारी फुटबल प्रतियोगितामा सहभागी हुन पुग्यो । सर्लाहीमा भएको उक्त प्रतियोगितामा एक खेल जित्दै अफ्रिकन रुट्सले सेमीफाइनलको यात्रा तय गर्यो । आहा रारा फाइनल खेलको एक दिनको  ग्यापमा सर्लाहीमा शुक्रबार हुने सेमीफाइनल खेल्न चाहन्थ्यो अफ्रिकन रुट्स ।

सोही अनुसारको योजनामा बिहिबार पुलिससँग सेमीफाइनल जितेर सर्लाही हिड्ने तरखर गर्दै थियो । तर सहाराले आफ्नो जिम्मामा नेपाल आएको टिमलाई सर्लाही जान रोक्यो । होटल सञ्चाललाई समेत टोलीको निगरानी गर्न भनियो । होटल सञ्चालकलाई चक्मा दिंदै अफ्रिकन रुट्सको ११ सदस्यीय टोली होटलबाट भागेर रातारात सर्लाही हिड्यो । यो कुरा होटल सञ्चालकले समेत चाल पाएन भने रातीको समय भएर सहारालाई समेत थाहा हुने कुरै भएन ।

अफ्रिकन रुट्सको गतिविधी त्यती बेला सहाराले थाहा पायो जव सर्लाहीको खेल सामाजिक सञ्जालमा लाइभ भयो । यो देखेर सहारा समेत अचम्ममा परेकाे थियाे । त्यसपछि सोध खोज भयो । सहारा टोली होटल पुग्यो । होटलमा ९ जना खेलाडी थिए । २० सदस्यीय टोलीमा ११ जना रातारात सर्लाही पुगिसकेका थिए । तर अफ्रिकन टोली सर्लाहीमा शुक्रबार भएको खेलमा पराजय बेहोरेको छ ।

पाेखरा स्पाेर्टसकाे सहयाेगमा

भर्खरै

Advertisement