महिला क्रिकेट टिमको प्रशिक्षकको जिम्मेवारी जगत टमाटालाई

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-२७
  • |
  • 1005 पटक हेरिएको

महिला क्रिकेट टिमको मुख्य प्रशिक्षकको जिम्मेवारी पुरुष टिमका पूर्व प्रशिक्षक जगत टमाटालाई दिएको छ ।

क्यानको आज बसेको कार्यसमितीको बैठकले टमाटालाई तत्कालका लागि महिला टिमका प्रशिक्षकका जिम्मेवारी दिने निर्णय गरेको हो ।

पछिल्लो पटक अन्तराष्ट्रिय प्रतियोगिता नभएकाले क्यानले महिला टिमको प्रशिक्षण सुरु गरेको छैन । तर आगामी प्रतियोगिताका लागि टमाटालाई महिला टिमको मुख्य प्रशिक्षकको जिम्मेवारी दिने निर्णय गरेको हो ।

टमाटाले यसअघि पनि दक्षिण एशियाली खेलकुद सागका बेला नेपाली महिला टिमको प्रशिक्षक बनेका थिए । त्यो बेला टिमले काश्य जितेको थियो । यस्तै उनको प्रशिक्षणमा नै पुरुष टिमले एकदिवसिय मान्यता पाएको थियो ।

पछिल्लो पटक पुरुष टिमको मुख्य प्रशिक्षकमा डेभ ह्वाटमोर आएपनि उनका भूमीका अन्योल थियो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey