अन्तराष्ट्रिय गोल्डकप डोरीतान आउटडोर च्याम्पियनसिपको उपाधी प्रदेश एकलाई

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-२७
  • |
  • 373 पटक हेरिएको

अर्जुन सुबेदी |

चैत्र २७गते | गतबर्षको बिजेताभारत पटनालाइ पराजितगर्दै प्रदेश एकले तेस्रो मनमोहन अन्तराष्ट्रिय गोल्डकप डोरीतान आउटडोर च्याम्पियनसिप प्रतियोगिताको उपाधीजितेको छ ।

सुनसरीको दुहबीमा आज सम्पन्न प्रतियोगिताको फाइनलमा प्रदेश एकले पटना माथी लगातार दुइ सेटको जित निकाल्दै उपाधीजितेको हो । यो जितसंगै प्रदेश एकले गतबर्ष फाइनलमाब्यहोरेको हारको बदला समेत लिएको छ ।

उपाधीसंगै प्रदेश एकले नगद एक लाख रुपैया हातपारेको छ । उपबिजेता पटनाले नगदपचास हजार रुपैंयामाचित्तबुझाएको छ । प्रतियोगिताका बिजेता तथा उपबिजेता टोलीलाई राष्टिय खेलकुद परिषदका सदस्यसचिव रमेश कुमार शिलवालले पुरस्कार बितरण गरे ।

प्रतियोगितामा आयोजक टोली सहित ४ वटा प्रदेशका टोलीहरु, ३ विभागियटिम र भारतका २ टोलीहरुको सहभागिता थियो । वि.सं २०७५ मा सुनसरी जिल्ला डोरीतान संघले नेपालमा पहिलो पटक अन्तराष्ट्रिय गोल्डकप प्रतियोगिता सम्पन्न गरेको थियो ।

त्यसैगरी संघले २०७६ फाल्गुन २३ र २४ गते दोस्रो मनमोहन अन्तराष्ट्रिय गोल्डकप डोरीतान आउटडोर च्याम्पियनसीप आयोजना गरेको थियो । तेस्रो संस्करणको यो प्रतियोगिता सम्पन्नगर्न ३० लाख रुपैया खर्च भएको आयोजक सुनसरी जिल्ला डोरीतानकाअध्यक्षनिश्चलराजशाक्यले जानकारी दिए ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal