पुलिसले डब्लुसिसिसीबाट मात्र ६३ रनकाे लक्ष्य पायाे

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-२७
  • |
  • 193 पटक हेरिएको

नेपाल पुलिस क्लव सिक्किममा जारी खानचेन्डजोङ्गा शिल्डको ए डिभिजन क्रिकेट सुपर लिगमा नेपाल पुलिस क्लवले ह्वाइट कोन्च क्रिकेट क्लवबाट मात्र ६३ रनको लक्ष्य पाएको छ ।

सिक्किम क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको डब्लुसिसिसी २४ ओभर पाँच बलमा मात्र ६३ रनमा अलआउट भयो । उसका दुई खेलाडीले मात्र दोहोरो अंक जोड्न सके ।

जसमा विनित कुमारले २३ रन बनाए भने यवार हुसेनले १४ रनको योगदान गरे । बाँकी खेलाडी एकोहोरो रुपमा आउट भए ।

बलिङमा नेपाल पुलिसका रासिद खानले पाँच ओभरमा चार रन खर्चिएर दुई विकेट लिए भने सागर ढकालले सात ओभरमा २० रन खर्चिएर दुई विकेट हातपारे । यस्तै अनिल खरेलले पनि दुई विकेट हात पारे ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal