आहा रारा गोल्डकपको उपाधि जित्नेमा संकटा र अफ्रिकन रुट्सको दावी

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-२७
  • |
  • 258 पटक हेरिएको

पोखरामा जारी आहा रारा गोल्डकपको उपाधिका लागि शनिबार पहिलो पटक संकटा र अफ्रिकन रुट्स एसोसियसन आमनेसामने हुँदैछन ।

पोखरा रंगशालामा हुने यो पटकको फाइनलबाट प्रतियोगिताको नयाँ च्याम्पियन पाउनेछ । दुबै टिम यो प्रतियोगिता फाइनलमा पहिलो पटक पुगेका हुन । दुबै टिमका प्रशिक्षकले प्रि म्याच कन्फ्रेन्समा उपाधि जित्न आफ्नो टिम तयार रहेको बताएका छन ।

संकटाका प्रशिक्षक सल्यान खड्कीले पाँच पटक प्रयास गर्दा बल्ल फाइनलमा पुगेको र शनिबारको खेलमा उपाधि उचाल्ने लक्ष्य रहेको बताए ।

उनले यो सिजनमा आहा रारा खेल्न आउँदा दुई वटा लक्ष्य लिएर आएको र त्यसमा एउटा पुरा भएको अब अर्को शनिबार पुरा गर्ने योजना रहेको बताए ।

संकटाले सेमिफाइनलमा एपीएफलाई हराएर फाइनलमा पुगेको हो भने अफ्रिकन रुट्सले सेमिफाइनलमा प्रतियोगिताको सर्वाधिक सफल टिम पुलिसलाई पाखा लगाएको थियो ।

प्रतियोगिताको विजेताले १० लाख एक हजार पाउने छ भने उपविजेताले पाँच लाख एक हजार रुपैयाँ हात पार्नेछ । यस्तै विधागत रुपमा उत्कृष्ट हुने खेलाडीले २५ हजार रुपैयाँ पाउनेछन ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey