काेराेनाले अस्पताल भर्ना भएका सचिन घर फर्किए

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-२७
  • |
  • 249 पटक हेरिएको

कोरोना संक्रमण पछि अस्पताल भर्ना भएका भारतका लेजेण्ड क्रिकेटर सचिन तेन्दुल्कर घर फर्किएका छन् ।

अस्पताल भर्ना भएको एक साता पछि उनी डिस्चार्ज भएका हुन् । ४७ वर्षे तेन्दुल्कर २७ मार्चमा संक्रमित भएका थिए भने त्यसको छ दिन पनि मुम्बइ अस्पतालमा भर्ना गरिएको थियो ।

यद्यपी उनी केही दिन अझै आइसोलेषणमा रहनेछन् । भारतका लेजेण्ड क्रिकेट खेलाडी तेन्दुल्करले आफ्नो सिघ्र स्वास्थ्य लाभको कामना गर्ने सुभेच्छुकहरुलाई दिँदै आफ्नो अवस्था अहिले सामान्य रहेको बताएका छन् ।

२०१३ मा खेलाडी करियरबाट सन्यास लिएका उनी विश्व क्रिकेट कै महान् ब्याट्सम्यानका रुपमा चिनिन्छन् । उनको नामका २ सय टेष्ट खेलमा १५ हजार ९ सय २१ रनको किर्तीमान रहेको छ । भने यता एक दिवसीय अन्तराष्ट्रिय १८ हजार चार सय ६३ किर्तीमान रहेको छ । भारतमा दिन प्रतिदिन कोरोना भाइरसको संक्रमणमा बृद्धि भइरहेको छ । अप्रिलमा मात्रै ९० हजार भन्दा बढि नयाँ संक्रमित थपिएका थिए ।

विश्वकै सबैभन्दा ठुलो फ्रिन्चाइजी लिग इन्डियन प्रिमियर लिग आइपिएल आजबाट सुरु हुँदै छ । नेपाली समय अनुसार बेलुका पौने ८ बजे चिडाम्बरम रंगशालामा हुने उद्घाटन खेलमा रोयल च्यालेञ्जर्स बैंग्लोर र साविक बिजेता मुम्बइ इन्डिन्यस भिडनेछन् । कोरोना भाइरसको जोखिमका कारण प्रतियोगितामा दर्शक प्रवेश निषेध गरिएको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey