विराट गोल्डकपमा आयोजकको बिजयी सुरूवात

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-२७
  • |
  • 353 पटक हेरिएको

अर्जुन सुबेदी | विराटनगर चैत्र २७ गते | छैठौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगितामा बिराटनगरले बिजयी सुरुवात गरेको छ ।

बिहिबार राती भएको उद्घाटन खेलबाट घरेलु टिम विराटनगर महानगर ११ बिजयी हुदै दोस्रो चरणमा प्रवेश गरेको हो । विराटनगर स्थित सहिद रंगशालामा भएको खेलमा बिराटनगरले युनाइटेड फुटबल क्लब सिक्किमलाई २– १ गोलले पराजित गर्यो । बिराटनगरको जितमा प्रकाश बुढाथोकी नायक बने ।

खेलको सुरूवातमा विराटनगर ११ का प्रकाश बुढाथोकीले गोल गरि टिमलाई अग्रता दिलाए । खेल सुरू भएको ८ औं मिनेटमा प्रकाशले ३०
यार्डदेखि पोस बार च्यापरेर गरेको प्रहार जाली चुम्यो । खेलको १५ मिनेटमा सिक्किमका आशिष देवानले कर्नर साइटदेखि निकालेको क्रस
पासलाई सदुपयोग गर्दै साङगे छोपेन भुटियाले सानदार गोल गरेपछी एक एक को बराबरी भयो ।

पहिलो हाफसम्म १-१ गोलको बराबारी भएको खेलमा दोस्रो हापदेखि विराटनगर आक्रमक भएर मैदानमा उत्रियो । दोस्रो हाफको ५३ औं
मिनेटमा विराटनगरका प्रकाश बुढाथोकीले डिबक्स भित्रदेखि गरेको प्रहारले जालि चुम्यो ।

खेलको म्यान अफ द म्याच विराटनगरका प्रकाश बुढाथोकी भए । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगिताको शुक्रबारको खेल भारतको पंजाब पुलिस र गोर्खा ब्वाइजबीच प्रतिस्पर्धा हुनेछ ।

विजेताले १५ लाख १५ हजार र उपविजेताले ७ लाख ५१ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । वैशाख ४ सम्म हुने प्रतियोगितामा तीन विदेशी टिमसहित १० टिमको सहभागिता रहेको र प्रतियोगितामा सहभागी सबै टिमले म्याच फी पाउनेछन् ।

प्रतियोगितामा मनाङ मर्स्याङदी, मछिन्द्र, संकटा, ब्वाइज युनियन, एपीएफ, नेपाल पुलिस, गोरखा ब्वाइज क्लबसहित भारतको
पन्जाब पुलिस क्लब, सिक्किम र अफ्रिकन क्यामरुन टिमको सहभागिता रहने आयोजकले जनाएको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey