प्रतिभा र विनित कुमार सर्वाेत्कृष्ट खेलाडी

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-२६
  • |
  • 459 पटक हेरिएको

राष्ट्रिय महिला तथा पुरुष क्लव लिग भलिबलको सर्वोत्कृष्ट खेलाडीमा पुरुषमा विनित कुमार र महिलामा प्रतिभा माली बनेकी छिन ।

महिला तर्फको उत्कृष्ट सेटर नेपाल पुलिसकी कमला पुन, उत्कृष्ट सर्भर न्यू डायमण्डकी ललिता नाथ, उत्कृष्ट डिफेन्सर सलिना श्रेष्ठ बनिन । यस्तै उत्कृष्ट ब्लकर पुलिसकी मनिषा चौधरी, बेष्ट स्पाइकर पुलिसकी उषा भण्डारी, उत्कृष्ट प्रशिक्षक न्यू डायमण्डका कुमार राई बने । उनीहरुले जनही १०–१० हजार रुपैयाँ प्राप्त गरे ।

यस्तै पुरुषमा उत्कृष्ट ब्लकर पुलिसका दिपकराज जोशी, उत्कृष्ट सेटर हेल्प नेपालका विकाश कुमार, उत्कृष्ट डिफेन्समा विनोद चन्द, स्पाइकर बुलबुले राराका मुराद जेहान, बेष्ट सर्भर बुलबुले राराका घनश्याम चौधरी बने । यस्तै उत्कृष्ट प्रशिक्षक हेल्प नेपालका रमेश केसी ठहरीए । उनीहरुले १०–१० हजार रुपैयाँ प्राप्त गरे ।

प्रतियोगिताको महिलामा सर्वोत्कृष्ट खेलाडी प्रतिभा माली बनेकी छिन । उनले पुरस्कार वाफत २५ हजार रुपैयाँ पाइन ।

यस्तै पुरुषमा सर्वोत्कृष्ट खेलाडी हेल्प नेपालका विनित कुमार बने । उनले पनि २५ हजार रुपैयाँ पाए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey