नेपाल सुपर लिगकाे मुख्य प्रायाेजक ‘खुकुरी’

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-२६
  • |
  • 414 पटक हेरिएको

नेपाल सुपर लिगको मुख्य प्रायोजक नेपाल डिस्टिलरीको खुकुरी रमले गर्ने भएको छ ।

नेपालमा पहिलो पटक आयोजना हुन लागेको नेपाल सुपर लिग फुटबलको मुख्य प्रायोजकमा नेपाल डिस्टिलरीको उत्पादन खुकुरी रम रहेको हो ।

बैशाख ११ गतेबाट दशरथ रंगशालामा सुरु हुने प्रतियोगिताको मुख्य प्रायोजक भएर जोडिन पाउँदा निकै खुसी लागेको नेपाल डिस्टिलरीका जनरल म्यानेजर सुभाष लामिछानेले बताए । उनले यसअघि संगीत, चलचित्र क्षेत्रमा लगानी गरेकोमा अब खेलकुदमा पनि हात हालेको बताए ।

सात वटा फ्रेन्चाइजी टिमको सहभागिता रहेको प्रतियोगिताको मुख्य प्रायोजक वाफतको रकम भने गोप्य राखिएको छ । दुबै पक्षको आपसी समझदारीमा रकम नखुलाइएको बताइएको छ ।

नेपाल सुपर लिगमा विराटनगर सिटी एफसी, काठमाडौं रेजर्स, ललितपुर एफसी, पोखरा, बुटवल लुम्बिनी, चितवन, धनगढी एफसीको सहभागिता रहेको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey