एपीएफले लुम्बिनी प्रदेशसामु १४३ रनकाे लक्ष्य

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-२६
  • |
  • 614 पटक हेरिएको

ललितपुर मेयर कप महिला टी २० क्रिकेट प्रतियोगिताको लिग चरणको अन्तिम खेलमा विभागिए टिम एपीएफ क्लवले लुम्बिनी प्रदेशलाई एक सय ४३ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुर स्थित टियू मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले २० ओभरमा ६ विकेट गुमाउँदै एक सय ४२ रन बनायो । कमजोर सुरुवात गरेको एपीएफले १३ रनमा पहिलो विकेट गुमायो । उसकी ओपनर इन्दु बर्मा मात्र तीन रनमा आउट भइन ।

दोस्रो विकेटका लागि राजमती ऐरी र ममता चौधरीले ५८ रनको साझेदारी गर्दै टिमको पारी सम्हाले । तर राजमतीले २३ रनको योगदान गरिन ।

एक खेल अगाडी नै फाइनलमा पुगिसकेको एपीएफले ओपनर जोडीलाई परिवर्तन गरेको थियो । यसअघि ओपनरका रुपमा खेल्दै आएकी ज्योती पाण्डे चौथो स्थानमा ब्याटिङमा आउँदा मात्र पाँच रनमा आउट भइन ।

त्यसपछि कप्तान सिता रानामगरले २८ रनको योगदान गरिन । यस्तै सरिता मगरले सात, रेखा रावलले पाँच र विनु बुढाले तीन रन जोडिन ।

बलिङमा स्वस्तिका बजगाई, क्रितिका मरासिनीले दुई दुई विकेट लिइन ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey