पुरूष भलिबलकाे उपाधिमा हेल्प नेपालकाे कब्जा

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-२६
  • |
  • 578 पटक हेरिएको

आरबीबी एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लव लिग भलिबलको उपाधिमा हेल्प नेपालले कब्जा जमाएको छ । उसले फाइनलमा विभागिए टिम एपीएफ क्लवलाई तीन शुन्यको सोझो सेटमा हराउँदै उपाधि उचाल्न सफल भयो ।

त्रिपुरेश्वर स्थित राखेपको कर्भडहलमा भएको खेलमा हेल्प नेपालले एपीएफलाई २५–१४, २५–२० र २५–२२ को सेटमा पराजित गर्यो ।

लिगको अन्तिम खेलमा तीन जना विदेशी खेलाडीलाई आराम दिएर एपीएफसँग नै सोझो सेटमा पराजित भएको हेल्प नेपालले फाइनलमा निकै सहज रुपमा खेल जित्यो ।

पुरै खेलमा हेल्प नेपालले कुनैपनि पनि राम्रो चुनौती पाउन सकेन । पहिलो सेट सुरुवात देखि नै अग्रता बनाएको हेल्प नेपालले सहजै २५–१४ हार्न पुग्यो ।

दोस्रो सेटमा पनि अघिल्लो संस्करणको विजेता हेल्प नेपालले एपीएफलाई खेलमा फर्कने कुनै मौका दिएन । दोस्रो सेटमा एक समय एपीएफ १४–१२ ले अगाडी थियो । तर त्यसपछि एपीएफले सेटमा अरु ६ पोइन्ट जोड्दा हेल्प नेपालले सेट २५–२० ले जित्यो ।

तेस्रो सेटमा भने एपीएफले केहि प्रतिस्पर्धात्मक खेल खेलेको थियो । तर अन्तिममा सेट २२–२५ ले गुमाउन पुग्यो ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal