प्रदेश एककाे सुखद अन्त्य, मेयर एघार १५ रनले पराजित

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-२६
  • |
  • 424 पटक हेरिएको

 

ललितपुर मेयर कप क्रिकेटमा प्रदेश एकले जितका साथ प्रतियोगिता अन्त्य गरेको छ । लिगको अन्तिम खेलमा प्रदेश एकले मेयर ११ टिमलाइ १५ रनले हरायो ।

कीर्तिपुर क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश एकले २० ओभरमा दुई विकेट गुमाउँदै एक सय २८ रन बनायो । सुरुवात राम्रो गर्न नसकेको प्रदेश एकले मात्र २० रन हुँदा पहिलो विकेट गुमाएको थियो ।

त्यसपछि ५३ रनमा दोस्रो विकेट खेर फालेको थियो । उसकी ओपनर काजल श्रेष्ठ मात्र आठ रनमा आउट भइन भने कप्तान रुविना क्षेत्रीले २१ रन बनाइन ।

तर त्यसपछि रोमा थापा र अप्सरी बेगमले तेस्रो विकेटका लागि रनको साझेदारी गरेपछि प्रदेश एकले बलियो लक्ष्य दिन सफल भयो ।

उसका लागि रोमा थापाले अविजीत ६६ रनको योगदान गरिन । उनले ५७ बलमा १० चौका प्रहार गरिन । यस्तै अप्सरीले २६ रन थपिन ।

बलिङमा सन्तोषी चौधरी र सरस्वती कुमारीले एक एक विकेट लिइन ।

जवाफमा मेयर ११ ले २० ओभरमा सात विकेट गुमाउँदा एक सय १३ रन बनाउन सक्यो । खराव सुरुवात गरेको मेयर टिमले ६ रनमा पहिलो विकेट गुमायो भने २७ रनमा दोस्रो तथा ४१ रनमा तेस्रो विकेट खेर फाल्यो । उसकी विन्दा कटवालले खाता खोल्न सकिनन् भने कञ्चन श्रेष्ठ चार रनमा आउट भइन । यस्तै अस्मिता कर्माचार्यले पनि १२ रन मात्र बनाइन ।

मेयर ११ का लागि अनुराधा चौधरीले सर्वाधिक २८ रन बनाइन । यस्तै सुमन खतिवडाले २७ रनको योगदान गरिन । यस्तै कप्तान सरस्वती कुमारीले १७ रन थपेपनि टिमलाई हारबाट जोगाउन सकेनन् ।

बलिङमा प्रदेश एककी रुविना क्षेत्रीले तीन विकेट लिइन ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey