विश्वकप छनौटको च्यालेञ्ज लिगको तालिका परिवर्तन

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-२६
  • |
  • 243 पटक हेरिएको

अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीले पुरुषको विश्वकप च्यालेञ्ज लिग ए को बाँकी दुई वटा सिरिजको नयाँ तालिका सार्वजनिक गरेको छ ।

सन् २०२३ मा भारतमा हुने विश्वकपको छनौटका रुपमा रहेको च्यालेञ्ज लिग ए अन्तर्गत अन्तिम ३० वटा खेलहरुलाई दुई सिरिजमा विभाजन गरेको छ ।

जसमा क्यानडा, डेममार्क, मलेसिया, सिंगापुर र भानुआटुले यसअघि क्यानडामा २०२१ को अगष्ट १५ देखि २८ मा हुने तालिका थियो । त्यसपछि दोस्रो सिरिज २०२२ मा मलेसियामा हुने थियो ।

तर आइसीसीले मलेसियामा हुने प्रतियोगिताको मिती २०२१को नोभेम्बर र डिसेम्बरमा तानेको छ भने क्यानडामा हुने तालिका २०२२ को जुलाई र अगष्टमा सारेको छ ।

कोभिडका कारण विभिन्न देशमा लगाएको प्रतिबन्ध र कडा नियमका कारण फेरीएको आइसीसीले जनाएको छ । यो प्रतियोगितामा हाल क्यानडा शिर्ष स्थानमा रहेको छ । रनरेटका आधारमा सिंगापुर दोस्रो स्थानमा छन । दुबैको समान आठ अंक रहेको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey