त्रिकाेणात्मक टी-२० सिरिजमा नेपालले पहिलाे खेल नेदरल्याण्ड्ससँग खेल्ने

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-२६
  • |
  • 1054 पटक हेरिएको

बैशाख चार गतेबाट हुने त्रिदेशीय टी २० क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपालले नेदरल्याण्ड्ससँग खेल्ने भएको छ ।

बैशाखको पहिलो साताबाट सुरु हुने प्रतियोगिताको खेल तालिका क्रिकेट सम्बन्धि वेबसाईट क्रिकइन्फोले सार्वजनिक गरेको छ । जसमा नेपालले पहिलो खेल बैशाख चार गते नेदरल्याण्ड्ससँग खेल्ने उल्लेख गरेको छ । बैशाख पाँच गते मलेसिया र नेदरल्याण्ड्स खेल्नेछन भने नेपालले बैशाख ६ गते मलेसियासँग प्रतिस्पर्धा गर्नेछ । यस्तै आफ्नो तेस्रो खेल नेपालले फेरी बैशाख सात गते नेदरल्याण्ड्ससँग खेल्नेछ ।

त्यसपछि बैशाख आठ गते मलेसिया र नेदरल्याण्ड्स आमनेसामने हुनेछन भने नेपालले लिग चरणको अन्तिम खेलमा मलेसियासँग बैशाख नौ गते खेल्नेछ ।

यो प्रतियोगितामा एक टिमले दुई दुई खेल खेल्नेछन । प्रतियोगिताको फाइनल खेल बैशाख ११ गते कीर्तिपुर मैदानमा हुनेछ । प्रतियोगितामा दिनमा एक खेल हुनेछ ।

यो प्रतियोगिताका लागि नेपाली क्रिकेट टिमले बुधबारबाट औपचारिक रुपमा प्रशिक्षण सुरु गरेको छ । हाल २० जना खेलाडी क्याम्पमा रहेका छन । यता मलेसिया र नेदरल्याण्ड्सले भने यो सिरिजका लागि टिमको घोषणा गरिसकेको छ । दुबै टिम चैतको अन्तिम साता काठमाडौं पुग्नेछन । उनीहरुले एक एक दिन मुलपानी मैदानमा प्रशिक्षण गर्ने तालिका रहेको छ ।

यहि प्रतियोगिताको तयारीका लागि क्यानले २० खेलाडी र एक फिजियोको बुधबार कोरोना भ्याक्सिनपनि लगाएको छ ।

आइसीसी विश्व क्रिकेट लिग टु अन्तर्गत ओमानमा तय भएको प्रतियोगिता स्थगित भएपनि क्यानले मलेसिया र नेदरल्याण्ड्सलाई बोलाएर यो सिरिज गर्न लागेको हो । नेपालले करिव एक बर्षपछि अन्तराष्ट्रिय प्रतियोगिता खेल्न लागेको हो । नेपाली टिमले अन्तिम पटक फागुनमा थाइल्याण्डमा एसीसी इस्र्टन रिजनको छनौट खेलेको थियो । सो प्रतियोगितामा नेपाल लिग चरणबाट नै बाहिरीएको थियो ।

कीर्तिपुरमा हुने प्रतियोगिताको प्रत्यक्ष प्रशारण हिमालय टिभीले गर्नेछ । प्रतियोगिताका बेला क्यानले दर्शकलाई पनि प्रवेश गराउने भएको छ । जसका लागि एक सय ५० रुपैयाँ टिकट मूल्य राखिएको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey