यूएस कप खेल्नका लागि २ क्रिकेटर अमेरीका जाँदै

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-२६
  • |
  • 466 पटक हेरिएको

नेपाल क्रिकेटर बसन्त रेग्मी र पृथु बास्कोटा अमेरीकामा हुने यूएस कप खेल्नका लागि जाने भएका छन । पछिल्लो समय राष्ट्रिय टिमबाट बाहिर रहेका दुबै खेलाडीलाई अमेरीकामा रहेका नेपाली राइनोज क्रिकेट क्लवको निम्तोमा अमेरीका जान लागेका हुन । यसका लागि यसअघि अर्का क्रिकेटर सुवास खकुरेलपनि जाने बताइएको थियो । तर अन्तिम समयमा सुवास भने नजाने भएका छन ।

नेपाली क्रिकेट टिमका संकटमोचकको उपनाम पाएका बसन्त करिव दुई बर्षदेखि टिम बाहिर रहेका छन । उनी पछिल्लो पटक ओमानमा हुने त्रिकोणात्मक सिरिजका लागि क्याम्पमा भने परेका थिए ।

तर त्यो सिरिज स्थगित भएपछि नेपालमा नै हुने मलेसिया र नेदरल्याण्ड्ससँगको टी २० सिरिजबाट भने बाहिर रहेका छन । बसन्तले यसअघि पनि नेपाल राइनोजबाट खेल्नका लागि चार बर्ष अगाडी गएका थिए ।

सो बेला नेपाली राइनोजले नेपालबाट सात खेलाडीलाई बोलाएर टु एक्स क्रिकेट खेल्दा उपाधि जितेको थियो । त्यो बेला पारस खड्का, ज्ञानेन्द्र मल्ल, सुवास खकुरेल, पृथु बास्कोटा, शरद भेषवाकर, सिद्धान्त लोहनी गएका थिए । त्यसपछि पनि सो क्लवले नेपालबाट चार खेलाडीलाई प्रतियोगिताका लागि बोलाएको थियो । तर उक्त समयमा प्रतियोगिता नै स्थगित भएको थियो ।

त्यसपछि दुई बर्ष अगाडी सोमपाल कामीमात्र सो प्रतियोगिताका लागि खेल्न जाने तयारी गर्दा अन्तिम दिन जान पाएका थिएनन् ।

यसपटक नेपाली राइनोजले बसन्त र पृथुलाई टिमबाट खेल्नका लागि बोलाएका हो । नेपालका पूर्व खेलाडी मिलेर खोलेको यो क्लवले नेपालमा पनि युवा क्रिकेटरलाई सहयोग गर्दै आएको छ ।

पृथु सन् २०१५ पछि राष्ट्रिय टिमबाट बाहिर रहेका छन । उनले नेपालमा हुने फ्रेन्चाइजी क्रिकेट खेलेपनि राष्ट्रिय टिममा पाँच बर्षपछि अघिल्लो पटकको क्याम्पमा स्थान बनाएका थिए ।

यसपटक प्रतियाेगिता १४ अप्रिलदेखि सुरु हुने छ । चार बर्ष अगाडी टु एक्स क्रिकेटकाे उपाधि जित्दा साे क्लवका टिमभित्र नै केहि मनमुटाव भएकाे थियाे ।

यहि प्रतियाेगिता हाल क्यानडामा रहेका नरेश बुढाएेर पनि खेल्ने तयारीमा छन । हाल नेपालका पूर्व प्रशिक्षक पुबुदु दशानायकेकाे एकेडेमीमा प्रशिक्षक भएर काम गरिरहेका नरेशले त्यहाँका स्थानिय प्रतियाेगिता खेलिरहेका छन ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey