आइपीएल बेलायतमा गराउने चाहनामा काउन्टी क्लव

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-२६
  • |
  • 369 पटक हेरिएको

इंग्लिस काउन्टी क्लव सुर्रेले इन्डियन प्रिमियर लिग क्रिकेट इंग्ल्याण्डमा आयोजना गर्ने योजना बनाएको छ । जसले गर्दा इंग्ल्याण्डको घरेलु क्रिकेटमा लाखौ पाउण्ड आम्दानी गर्न सकियोस भन्ने चाहना सो क्लवको रहेको छ ।

काउन्टी क्रिकेटको ठूलो क्लव सुर्रेले विश्वको सबै भन्दा चर्चित फ्रेन्चाइजी क्रिकेट प्रतियोगितालाई ओभल र अरु टेष्ट मैदानमा गराउन सकिने र त्यसका लागि इच्ुछुकपनि रहेको बताएको छ ।

अमेरीकी एनएफएललाई ल्याएर बेलायतमा खेलाएजस्तै आइपीएललाई पनि सो क्लवले बेलायतमा खेलाउने चाहना रहेको बताएको छ । सुर्रे क्लवका प्रमुख रिचार्ड थोम्पसनले आइपीएललाई लण्डन र अरु स्थानमा गर्नका लागि निकै इच्छुक रहेको र यो गर्न सकिएमा अझै धेरै दर्शकमाझ पुग्न सकिने उनको धारणा छ ।

यदि यो योजना सफल गर्न सकिएको खण्डमा इंग्लिस क्रिकेटलाई राम्रो फाइदा हुने उनले बताए । कोभिडका कारण धेरै आर्थिक नोक्सानी भोगेको इंग्लिस क्रिकेटले त्यसलाई पुरा गर्न ठूलो योजना अगाडी ल्याउनुपर्ने र त्यसमा आइपीएल मुख्य रहेको बताए ।

सो क्लवको चाहनामा लण्डनका मेय सादीक खानले पनि सपोर्ट गरेका छन ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey