क्लब लिग भलिबलकाे फाइनल: महिलामा न्यू डाइमण्ड र पुलिस तथा पुरुषमा हेल्प नेपाल र एपीएफ खेल्दै

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-२६
  • |
  • 598 पटक हेरिएको

नेपाल भलिबल संघको आयोजना जारी आरबीबी एनभिए महिला तथा पुरुष क्लव भलिबल प्रतियोगिताको फाइनल खेल आज हुँदैछन । जसमा महिला तर्फको उपाधिका लागि न्यू डायमण्ड र नेपाल पुलिस क्लव भिड्नेछन ।

त्रिपुरेश्वर स्थित राखेपको कर्भडहलमा हुने खेल साँढे २ बजेबाट सुरु हुनेछ । प्रतियोगितामा हारबाट सुरुवात गरेको न्यू डायमण्डले आफ्नो लिगको अन्तिम खेलमा साविक विजेता तथा चिरप्रतिद्धन्द्धीलाई तीन एकको सेटमा हराउँदै फाइनलमा स्थान बनाएको हो । अन्तिम खेलमा फाइनलमा पुग्न न्यू डायमण्डलाई जितको विकल्प थिए । जसमा उसले तीन एकको सेटमा हराउन सफल भयो ।

यता पुलिसले अन्तिम खेलमा आर्मीलाई तीन शुन्यको सोझो सेटमा हराएपछि फाइनलमा स्थान बनाउन सफल भयो । न्यु डायमण्ड लगातार दोस्रो सिजनमा फाइनलमा पुगेको हो ।

पछिल्लो पटक निकै राम्रो लयमा देखिएको पुलिस र न्यू डायमण्डविच लिग चरणमा भएको खेलमा पुलिस विजयी भएको थियो । त्यसैले पनि फाइनलमा न्यू डायमण्ड त्यसको बदला लिएर उपाधि उचाल्ने लक्ष्यमा छ । यो टिम प्रतिभा माली र अरुणा शाहीमा बिढ निर्भर रहेको छ ।

यता पुलिसतर्फको उपाधिका लागि हेल्प नेपाल र एपीएफ खेल्नेछन । अन्तिम तथा निकै महत्वपुर्ण खेलमा हेल्प नेपाललाई तीन शुन्यको सोझो सेटमा हराएपछि एपीएफले फाइनलमा स्थान बनाएको छ । प्रतियोगिताभरी अपराजित टिम हेल्प नेपालले अन्तिम खेलमा आफ्ना मुख्य हतियार मानिएका भारतीय खेलाडीलाई आराम दिएको थियो । जसका कारण सो टिमले ठूलो आलोचना खेपेको छ । समर्थकले यो खेलमा हेल्प नेपालले मिलोमतो गरेको सम्मका कमेन्टहरु गरेका छन । लिगका अरु खेलमा टिमलाई जित दिलाउन निकै महत्वपुर्ण योगदान दिएका तीन विदेशी खेलाडीलाई अन्तिम खेलमा आराम दिँदा टिम आलोचित बनेको हो ।

एपीएफले सो खेलमा हार ब्यहोरेको खण्डमा बुलबुले राराले फाइनलमा स्थान बनाउने थियो । तर अन्तिममा हेल्प नेपाल र एपीएफले फाइनल खेल्ने भएका हुन । यो खेल दिउँसो साँढे ११ बजे हुनेछ ।

प्रतियोगितामा लिगमा शिर्ष दुई स्थान प्राप्त गर्ने टिमबिच उपाधीका लागि प्रतिस्पर्धा हुनेछ । प्रतियोगितमा विजयी टिमले नगद ३ लाख सहित ट्रफी प्राप्त गर्ने छ । उपविजेताले १ लाख ५० हजार, तेश्रोले ७५ हजार र चौथोले ३७ हजार ५ सय प्राप्त गर्ने छन् । उत्कृष्ट महिला तथा पुरुष दुई खेलाडीले जनही २५ हजार र विधागतमा उत्कृष्ट खेलाडीले नगद १० हजार प्राप्त गर्नेछन् ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal