दक्षिण अफ्रिकाविरुद्धकाे एकदिवसीय सिरिज पाकिस्तानले जित्याे

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-२५
  • |
  • 281 पटक हेरिएको

दक्षिण अफ्रिकाविरुद्धको तीन एकदिवसिय सिरिज पाकिस्तानले जितेको छ । तेस्रो तथा अन्तिम खेलमा दक्षिण अफ्रिकालाई पाकिस्तानले २८ रनले पराजित गर्दै तीन खेलको सिरिज दुई एकले जित्न सफल भयो ।

दक्षिण अफ्रिकाको सेन्चुरियनमा टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तानले ५० ओभरमा सात विकेट गुमाउँदै तीन सय २० रन बनायो ।
उत्कृष्ट सुरुवात गरेको पाकिस्तानले पहिलो विकेटका लागि एक सय १२ रनको योगदान गर्यो । उसका इमाम उल हकले ५७ रनको योगदान गरे ।

त्यसपछि फकर जमान र बाबर अजामले दोस्रो विकेटका लागि ९४ रनको साझेदारी गर्दै टिमलाई बलियो स्थितीमा पुर्याए । जसमा जमानले लगातार दोस्रो खेलमा शतक बनाउन सफल भए । उनले टिमका लागि एक सय चार बलमा एक सय एक रन बनाए । जसमा नौ चौका र तीन छक्का प्रहार गरे ।

यस्तै बाबर अजामले ९४ रन बनाए । उनले ८२ बलमा सात चौका र तीन छक्का हिर्काए । तर त्यसपछि पाकिस्तानले अरु ५१ रन जोड्दा चार विकेट सस्तैमा गुमायो ।

उसका सरफराज हममद १३ रनमा आउट भए भने मोहम्मद रिजवान मात्र दुई रनमा पेभेलियन फर्किए । फहिम अस्रफले एक तथा मोहम्मद नवाजले चार रन मात्र बनाए । उसका हसन अलीले ३२ रनको योगदान गरे ।

बलिङमा दक्षिण अफ्रिकाका केशव महराजले तीन तथा एडीन मार्करमले दुई विकेट लिए ।

जवाफमा दक्षिण अफ्रिका ४९ ओभर तीन बलमा रनमा अलआउट भयो । मध्यम सुरुवात गरेको उसले ५४ रनमा पहिलो विकेट गुमायो । त्यसपछि एक सय ४० रनमा पाँच विकेट खेर फालेको दक्षिण अफ्रिकाको पारीलाई केली भेरोने र एन्डिलीले एक सय आठ रनको साझेदारी गर्दै टिमलाई सम्हाल्ने प्रयास गरेका थिए । तर केली ६२ रनमा आउट हुन पुगे ।

दक्षिण अफ्रिकाका लागि एन्डिलले ५४ रन बनाए भने जानेमन मलानले ७० रन थपे । अरु खेलाडीले खाँसै राम्रो खेल्न सकेनन् ।
सिरिजमा पहिलो खेल पाकिस्तानले जित्दा दोस्रो खेलमा दक्षिण अफ्रिका विजयी भएको थियो ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal