भारतमा हुने टी-२० विश्वकपकाे ‘ब्याकअप’ याेजनामा आइसीसी

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-२५
  • |
  • 288 पटक हेरिएको

अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीका प्रमुख कार्यकारी अधिकृत जियोफ एर्लाडिसले भारतमा हुने टी २० विश्वकप योजना अनुसार नै हुने बताएका छन । तर यदि कुनै अवस्थामा हुन नसकेको अवस्थामा त्यसको दोस्रो योजनापनि तयार पार्नुपर्ने धारणा राखे ।

भारतमा हुने टी २० विश्वकप आउन ६ महिनाको समय बाँकी रहेका बेला भारतमा अझैपनि कोभिडको दोस्रो लहर बढि रहेको छ । मार्च ६ तारिखका दिनमात्र एक लाख १५ हजारमा कोभिड देखिएको थियो ।

पछिल्लो पटक भारतमा बढेको कोरोनाका कारण टी २० विश्वकपका विषयमा बोल्दै उनले आइसीसीसँग यसको ब्याकअप योजनापनि रहेको बताए । यसका लागि आइसीसीले बीसीसीआईसँग छलफल पनि गरिरहेको बताएका छन ।

उनले अझै प्रतियोगिता आउने केहि समय बाँकी रहेको र त्यो बेलासम्म पनि अवस्था सुधार नभएको खण्डमा अर्को योजना लागु गर्ने बताए । उनले अहिलेका लागि आइसीसीको फोकस विश्व टेष्ट च्याम्पियनसिपको फाइनलमा रहेको बताए । यो प्रतियोगिता आगामी जुन १८ देखि २२ मा साउथह्याम्टनमा हुँदैछ । जसमा भारत र न्यूजिल्याण्ड खेल्नेछन ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey