पारा तेक्वान्दो राष्ट्रिय टोलीलाई मेन्टर कन्सल्टेन्सीको साथ

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-०२-२०
  • |
  • 235 पटक हेरिएको

नेप्लेज, २० जेठ । आसन्न टोकियो ओलम्पिक– २०२० को तयारीमा रहेको नेपाली राष्ट्रिय पारा तेक्वान्दो टोलीलाई मेन्टर एजुकेशनल कन्सल्टेन्सीले प्रायोजन गरेको छ ।

आइतबार आयोजित कार्यक्रममा मेन्टरका प्रवन्ध निर्देशक हेमन्त भट्टराई र नेपाल तेक्वान्दो संघका उपाध्यक्ष तथा पारा ओलम्पिक कमिटीका संयोजक कासिम मियाबीच सम्झौतापत्रमा हस्ताक्षर भयो ।

यो सम्झौता २ वर्षका लागि हो । सम्झौतापछि मेन्टरका प्रवन्ध निर्देशक भट्टराईले व्यवसायिक सामाजिक उत्तरदायित्व बहन गर्दै नेपाली पारा तेक्वान्दोमा सहयोग थालिएको र यसले लामो समयसम्म निरन्तरता पाउने धारणा राखे ।

सम्झौताअनुसार मेन्टरले पारा खेलाडीलाई दुर्इ वर्षसम्म हरेक अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि सम्पूर्ण तेक्वान्दो किट (ट्र्याक शुट, डाेवाेक, जुत्ता र अन्य सामाग्री) उपलब्ध गराउनेछ । त्यस्तै खेलाडीको डाइट खर्चस्वरुप न्युनतम रकम पनि सहयोग गर्ने सम्झौता भएको छ ।

यसैबीच अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता तीन पारा तेक्वान्दो खेलाडीलाई पनि मेन्टरले १० हजार नगदसहित सम्मान गरेको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey