Mega Bank

एएफसी कप छनाैटः आर्मीकाे पहिलो हाफमा दुई एकको अग्रता

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७७-१२-२५
  • |
  • 194 पटक हेरिएको

एएफसी कपको प्रारम्भिक छनौटमा अहिले त्रिभुवन आर्मी र श्रीलंका पुलिल फुटबल क्लवविच प्रतिस्पर्धा भइरहेको छ । जसमा आर्मीले पहिलो हाफमा दुई एकको अग्रता बनाएको छ ।

दशरथ रंगशालामा भएको खेलमा आर्मीले पाँच मिनेट भित्रमा दुई गोल गर्न सफल भयो । खेलको चौथो मिनेटमा नै विवेक बस्नेतको क्रसमा नवयुग बलसम्म पुग्न सकेनन् ।

त्यसको लगत्तै विवेकको प्रहारलाई श्रीलंकन पुलिसका गोलकिपरले पन्च गरे ।

बारम्बार दबाव दिएको आर्मी विरुद्ध खेलको २८ औं मिनेटमा श्रीलंकन पुलिसले खेलमा अग्रता बनायो । उसका लागि इभान्सले तीन जना डिफेन्डरलाई विट गर्दै टिमलाई अग्रता दिलाए ।

एक गोलले पछि परेको अवस्थामा आर्मीले ४२ औं मिनेटमा सन्तोष तामाङले उत्कृष्ट गोल गर्न सफल भए । उनले करिव ३५ यार्डबाट उत्कृष्ट गोल गर्न सफल भए ।

४३ औं मिनेटमा आर्मीले खेल दुई एकको अवस्थामा पुर्यायो । यसपटक भरत खवासले डिबक्समा गरेको पासमा नवयुग श्रेष्ठले हेड मार्फत गोल गर्न सफल भए ।

पहिलो हाफका इन्जुरी समयमा आर्मीले अर्को उत्कृष्ट मौका गुमायो । नवयुग श्रेष्ठले डिबक्समा पाएको बललाई आत्मसाथ गर्न सकेनन् ।

भर्खरै

Advertisement