एपीएफलाई हराउँदै संकटा आहा रारा गोल्डकपको फाइनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-२५
  • |
  • 443 पटक हेरिएको

संकटा क्लव पोखरामा जारी आहा रारा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । उसले विभागिए टिम एपीएफ क्लवलाई दुई शुन्य गोलले हराउँदै उपाधि नजिक पुग्न सफल भयो ।

पोखरा रंगशालामा भएको खेलमा संकटाले आफ्नो उत्कृष्ट खेललाई एपीएफविरुद्ध पनि कायम राख्यो । क्वाटरफाइनलमा साविक विजेता मनाङलाई हराएको संकटाले एपीएफविरुद्ध पनि आत्मविश्वासले भरिएको खेल खेलेको थियो ।

खेलको ३३ औं मिनेटमा सुवास गुरुङले डिबक्समा पाएको बललाई उत्कृष्ट फिनिस गर्न सफल भए । जसका कारण खेलमा संकटा एक शुन्यले अगाडी रहन सफल भयो ।

पहिलो हाफमा एक गोलले अग्रता बनाएको संकटाले खेलको अन्तिम मिनेटमा दोस्रो गोल थप्यो । उसका लागि विदेशी खेलाडी ग्लोरीले एपीएफको डिफेन्सको कमजोरीको फाइदा उठाउँदै गोल गर्न सफल भए ।

खेलको इन्जुरी समयको दोस्रो मिनेटमा ग्लोरीले फेरी पनि उत्कृष्ट मौका पाएका थिए । तर त्यसलाई उनले आत्मसाथ गर्न सकेनन् ।

त्यसपछि एपीएफ खेलमा फर्कन सकेन र संकटा पहिलो पटक आहा रारा गोल्डकपको फाइनलमा पुग्न सफल भयो ।

अब उपाधिका लागि संकटाले नेपाल पुलिस र अफ्रिकन रुट्स एसोसियसनको विजेतासँग खेल्नेछ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey