त्रिकाेणात्मक टी-२० सिरिजकाे क्याम्पमा रहेका क्रिकेट खेलाडीले लगाए काेराेना भ्याक्सिन

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-२५
  • |
  • 692 पटक हेरिएको

नेपाली क्रिकेट टिमको तयारी सुरु, मलेसियआसन्न थ्री नेशन्स टी २० क्रिकेट प्रतियोगिताको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीले कोरोनाको भ्याक्सिन लगाएका छन ।

क्यानले आज क्याम्पमा बोलाएका २० जना खेलाडीलाई ओम अस्पतालमा कोरोना भ्याक्सिन लगाइएको हो । टिमका २० खेलाडी र फिजियोले कोरोना भ्याक्सिन लगाएका छन । प्रशिक्षक डेभ ह्वाटमोरले भने विराटनगर जाँदा भ्याक्सिन लगाएकाले यो पटक लगाएनन् ।

क्यानले क्याम्पमा बोलाएका खेलाडीको आज औपचारिक रुपमा प्रशिक्षण सुरु गरेको छ । जसमा पहिलो दिन सबै खेलाडी उपस्थित थिए ।

नेपालले बैशाख चार गतेबाट कीर्तिपुर मैदानमा मलेसिया र नेदरल्याण्ड्ससँग त्रिकोणात्मक टी २० सिरिज खेल्नेछ ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal