पुलिस र न्यू डायमण्ड उपाधिका लागि खेल्ने

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-२५
  • |
  • 474 पटक हेरिएको

न्यू डायमण्ड एकेडेमी आरबीबी एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लव लिग भलिबलको महिला तर्फको फाइनलमा पुगेको छ ।

लिगको अन्तिम खेलमा एपीएफ क्लवलाई हराउँदै न्यू डायमण्डले फाइनलमा स्थान बनायो । उसले एपीएफलाई तीन एकको सेटमा हरायो ।

त्रिपुरेश्वर स्थित राखेपको कर्भडहलमा भएको खेलमा न्यू डायमण्डले एपीएफलाई २५–२१, २६–२४, १४–२५ र २५–२१ को सेटमा हरायो ।

यो जितसँगै न्यू डायमण्डले पाँच खेलमा १३ अंक बनाएको छ । जसका कारण लिगको शिर्ष स्थानमा रहेर उपाधि नजिक पुग्यो ।

साविक उपविजेता रहेको न्यू डायमण्ड लगातार दोस्रो सिजनमा फाइनलमा पुगेको हो ।

अब न्यु डाईमण्डले फाइनलमा नेपाल पुलिस क्लबसँग खेल्नेछ । पुलिसले बुधबार नै त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो। पुलिसले आर्मीलाई २६–२४, २५–१७, २८–२६ को सेटमा पराजित गरेको हो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey