अन्तर्राष्ट्रिय पदक विजेता पारा तेक्वान्दो खेलाडी नगदसहित सम्मानित

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-०२-२०
  • |
  • 296 पटक हेरिएको

नेप्लेज, २० जेठ । अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता तीन पारा तेक्वान्दो खेलाडी नगदसहित सम्मानित भएका छन् ।

मेन्टर एजुकेशनल कन्सल्टेन्सीले आइतबार काठमाडौंमा तीन महिला पारा तेक्वान्दो खेलाडीलाई जनही १० हजार नगदसहित सम्मान गरेको हो ।

सम्मानित हुने खेलाडीहरुमा गत वर्ष इंग्ल्याण्डमा भएको दोस्रो एशियाली पारा तेक्वान्दोमा रजत, विश्व पारातेक्वान्दो च्याम्पियनसिप तथा कोरियामा भएको एशियाली पारा तेक्वान्दो च्याम्पियनसिपमा काश्य पदक विजेता रञ्जना धामी छन् ।

त्यस्तै रुसमा भएको पहिलो आईडब्ल्यूएएस पारा तेक्वान्दो तथा पाँचौं युरोपियन पारा तेक्वान्दोमा काश्य विजेता सीता भण्डारी र भियातनाममा गत महिना भएको एशियाली पारा तेक्वान्दोमा काश्य पदक विजेता पलेशा गोवर्धन पनि नगदसहित सम्मानित भएका छन् ।

पारा तेक्वान्दो टोलीलाई मेन्टरको प्रायोजन

यसैबीच मेन्टर एजुकेशनल कन्सल्टेन्सीले आसन्न टोकियो ओलम्पिक २०२० को तयारीमा रहेको नेपाली पारा तेक्वान्दो टोलीलाई प्रायोजन गरेको छ ।

आइतबार भएको कार्यक्रममा मेन्टरका प्रवन्ध निर्देशक हेमन्त भट्टराई र नेपाल तेक्वान्दो संघका उपाध्यक्ष तथा पारा ओलम्पिक कमिटीका संयोजक कासिम मियाबीच सम्झौतापत्रमा हस्ताक्षर भयो ।

सम्झौताअनुसार मेन्टरले पारा खेलाडीलाई हरेक अन्तर्राष्ट्रिय प्रतियोगितामा तेक्वान्दो किट लगायत सबै सामाग्री उपलब्ध गराउनेछ । त्यस्तै खेलाडीको डाइट खर्चस्वरुप न्युनतम रकम पनि सहयोग गर्ने सम्झौता भएको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey