तेक्वान्दोको साताब्यापी सेमिनार शुरू

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-०२-२०
  • |
  • 249 पटक हेरिएको

नेप्लेज, २० जेठ । आईटीएफ तेक्वान्दोको साताब्यापी सेमिनारलाई कोरियाली सिनियर मास्टर जे चुङ होले संचालन गरेका छन् । आईटीएफको प्रशिक्षण लिएका खेलाडीलाई तेक्वान्दो प्रति थप प्रोत्साहित गर्ने उद्देश्यले स्पेशल ट्रेनिङ कोर्स सम्बन्धी सेमिनार बाग्लुङको बुर्तिबाङमा शुरु भएको हो ।

पश्चिमाञ्चल तेक्वान्दो संघ र राष्ट्रिय व्लाकबेल्ट कमिटिको संयुक्त आयोजनामा शुरु भएको सेमिनारमा बागलुङ जिल्लाका विभिन्न स्थानका खेलाडी तथा छिमेकी जिल्लाहरु गुल्मी, कास्की र नवलपरासीका गरी करिब १ सय खेलाडीहरुको सहभागीता रहेको छ ।

एक हप्ते सेमिनारमा तेक्वान्दोका आँठौ डान चुङ होले खेलाडीलाई स्पाइरिङ, प्याटर्न, टेक्निक्स तथा पावर ब्रेकिङलगायतको विषयमा प्रशिक्षण दिने पश्चिमाञ्चल तेक्वान्दो संघका सचिव तथा राष्ट्रिय व्लाकबेल्ट कमिटिका अध्यक्ष घमबहादर थापाले जनाए । सेमिनार आगामी २५ गते सम्म सञ्चालन हुने छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey