एएफसी कपको प्रारम्भिक छनौट खेल अगाडी आर्मीका चार खेलाडीमा कोरोना

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-२४
  • |
  • 417 पटक हेरिएको

एएफसी कपको प्रारम्भिक छनौट अन्तर्गत श्रीलंका पुलिसविरुद्धको खेल अगाडी त्रिभुवन आर्मीका चार खेलाडीमा कोरोना देखिएको छ ।

यो खेलका लागि कोरोना परिक्षण गर्दा चार खेलाडी र एक अफिसियलमा कोरोना पोजेटिभ देखिएको एन्फा स्रोतले बताएका छन ।

कोरोना पोजेटिभ देखिएका खेलाडी र अफिसियलको नाम भने गोप्य राखिएको छ । अब खेल हुने नहुने भन्नेमा एएफसीको रेगुलेसन हेर्नुपर्ने एन्फा महासचिव इन्द्रमान तुलाधरले नेप्लेजलाई बताए । उनले यो विषयमा एएफसीको रेगुलेसन हेर्नुपर्ने र एएफसीलाई नै सोध्नुपर्ने बताए ।

एएफसी लाइसेन्स पहिलो पटक पाएपछि आर्मीले एएफसी कपको छनौट खेल्न पाएको हो । जसमा आर्मीले बुधबार साँझ श्रीलंका पुलिस क्लवसँग खेल्दैछ ।

दशरथ रंगशालामा हुने खेलका लागि आर्मीले सबै तयारी पुरा गरेको जनाएको थियो । तर टिममा पर्ने चार खेलाडीमा कोरोना देखिएपछि टिमलाई केहि दबाव भने बढेको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey