पाँच पटककाे च्याम्पियन थ्रीस्टार आहा रारा गाेल्डकपकाे पहिलाे खेलबाट बाहिर

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-२४
  • |
  • 544 पटक हेरिएको

बागमती गोल्डकपको विजेता थ्रीस्टारलाई हराउँदै नेपाल पुलिस क्लव आहारारा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

पोखरा रंगशालामा भएको खेलमा पुलिसले थ्रीस्टारलाई चार शुन्यको फराकिलो अन्तरले हरायो । पुलिसको जितमा बुद्ध बल तामाङले दुई गोल गरे भने तेज तामाङ र सौजन राईले दुई गोल गरे । जसका कारण पाँच पटकको च्याम्पियन थ्रीस्टार यो बर्षको आहारारा गोल्डकपको पहिलो खेलबाट नै बाहिरीयो ।

बागमती गोल्डकप जितेको २४ घण्टा भित्र नै आहा रारा गोल्डकप खेलेको थ्रीस्टारले खेलको २८ औं मिनेटमा पहिलो गोल खायो । पुलिसका लागि बुद्धले तेज तामाङको पासमा गोल गर्न सफल भए ।

पहिलो हाफमा एकगोलले पछि परेको थ्रीस्टार दोस्रो हाफमा तीन गोल खायो ।

खेलको ६७ औं मिनेटमा तेजले पुलिसको अग्रता दोब्बर बनाए । उनले नीरकुमार राईको पासमा गोल गरे । त्यसपछि ७३ औं मिनेटमा सुमन लामाको पासमा बुद्धले ब्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई तीन शुन्यले अगाडी राखे ।

रातारात प्रतियोगिता खेल्न पुगेको थ्रीस्टारका खेलाडीमा थकाई प्रष्ट देखिन्थ्यो । जसको फाइदा उठाउँदै ८५ औं मिनेटमा सौजनले पुलिसका लागि चौथो गोल गरे ।

सेमिफाइनलमा पुलिसले अफ्रिकन रुट्स एसोसियसनसँग खेल्नेछ । अफ्रिकन रुट्ले मच्छिन्द्र क्लवलाई हराउँदै यसअघि नै सेमिफाइनलमा पुगिसकेको छ ।

प्रतियोगितामा भोलीबाट सेमिफाइनलका खेल हुनेछन । जसमा पहिलो सेमिफाइनलमा संकटा र एपीएफ खेल्नेछन ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey