Mega Bank

शहिद रंगशालामा बल्याे ‘फ्लडलाइट’

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७७-१२-२४
  • |
  • 62 पटक हेरिएको

विराटनगरकाे शहिद रंगशालामा रात्रिकालीन फुटबल गर्न सकिने गरेर फ्लर्डलाइटकाे जडान भएकाे छ । अब शहिद रंगशालामा विराट गाेल्डकप फ्लर्डलाइटमा खेलाइने भएकाे छ । काठमाडौँको दशरथ रङ्गशालापछि फ्लड लाइट जाेडिने शहिद रंगशाला दाेस्राे मैदान बनेकाे छ ।

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले फ्लड लाइटको सोमबार साँझ उद्घाटन गरे । उनले साे कार्यक्रममा बाेल्दै तीन वर्षअगाडि प्रदेश  सरकारले गरेकाे प्रतिबद्धता पुरा भएकाे बताए ।

प्रदेश सरकारको रु पाँच करोड ४२ लाख लगानीमा फ्लर्ड लाइट जडान गरिएको हाे ।

वि.सं २०७६ असोज १ गते सामाजिक विकास मन्त्रालय र कार्की बन्धु अमर जेभीबीच ३२ देखि ३५ मिटरसम्मको उचाइ रहने गरी चार वटा पोल खडा गरी प्रत्येक फ्रेममा एक हजार वाटको २७ वटा बत्ती जडान गर्ने गरी चार करोड २९ लाखमा ठेक्का सम्झौता भएको थियो ।

कोरोना सङ्क्रमण रोक्न नेपाल र भारतको सीमा बन्द, अन्य आवश्यक सामग्री जडान, प्याराफिट मर्मतलगायतका कारण प्रदेश सरकारले समय सीमा थप गर्नुका साथै रु ८४ लाख थपेको सचिव कार्कीले बताए ।

भर्खरै

Advertisement