मनमोहन डोरीतान आउटडोर च्याम्पियनसिपको तयारी पुरा

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-२४
  • |
  • 558 पटक हेरिएको

अर्जुन सुबेदी | चैत्र २४ गते तेस्रो मनमोहन अन्तराष्ट्रिय गोल्डकप डोरीतान आउटडोर च्याम्पियनसिप प्रतियोगिताको तयारी पुरा भएको छ ।

आयोजक सुनसरी जिल्ला डोरीतान संघले आजपत्रकार सम्मेलन गरी दुहवीनगरपालिका स्थित सरस्वतीमाबिको खेल मैदानमाचैत्र २६ र २७गते हुने प्रतियोगिताको तयारी पुरा भएको जनाएको हो ।

प्रतियोगितामा आयोजक टोली सहित ४ वटा प्रदेशका टोलीहरु, ३ विभागिय टिम र भारतका २ टोलीहरुको सहभागिता रहने सुनसरी जिल्ला संघका अध्यक्ष निश्चल राजशाक्यले बताए । अन्तराष्ट्रिय डोरीतान महासंघको नियमअनुसार प्रतियोगिताका प्रत्येक खेल बेष्ट अफथ्री का आधारमा खेलाईने शाक्यले बताए ।

प्रतियोगिताको उपाधि जित्ने टोलीले नगद एक लाख रुपैया सहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । दोस्रो हुने टोलीले नगदपचास हजार रुपैंया सहित प्रमाण पत्र प्राप्त गर्नेछन । प्रतियोगिताको राष्टिय खेलकुद परिषदका सदस्यसचिव रमेश कुमार शिलवालले उद्धघाटन गर्ने बताइएको छ ।

पत्रकार सम्मेलनमा नेपाल डोरीतान संघका उपाध्यक्ष डा. शुभाषश्री पोखरेलले सुनसरी जिल्ला डोरीतान संघले लगातार तेस्रो पटक अन्तराष्टिय प्रतियोगिता गरेर सुनसरी जिल्लामा मात्र नभएर एक नम्बर प्रदेश भरी नै डोरीतान खेलको विकास गर्न खेलाडीहरु प्रशिक्षण तथा उत्पादन गर्ने कार्यमा महत्वपूर्ण योदान गरेको बताए ।

वि.सं २०७५ मा सुनसरी जिल्ला डोरीतान संघले नेपालमा पहिलो पटक अन्तराष्ट्रिय गोल्डकप प्रतियोगिता सम्पन्न गरेको थियो ।

त्यसैगरी संघले २०७६ फाल्गुन २३ र २४ गते दोस्रो मनमोहन अन्तराष्ट्रिय गोल्डकप डोरीतान आउटडोर च्याम्पियनसीप आयोजना गरेको थियो । तेस्रो संस्करणको प्रतियोगिता सम्पन्न गर्न ३० लाख रुपैया खर्च लाग्ने आयोजकले जनाएको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey