Mega Bank

हरी खड्का प्रबल जनसेवा श्री चतुर्थ अवार्डबाट सम्मानित हुने

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७७-१२-२४
  • |
  • 402 पटक हेरिएको

नेपाली फुटबलमा पुर्याएको योगदानको कदर गर्दै नेपाल सरकारले पुर्व राष्ट्रिय फुटबल टिमका कप्तान हरी खड्कालाई प्रबल जनसेवा श्री चतुर्थ पदकबाट सम्मान गरेको छ ।

नेपालका राष्ट्रपती विद्धयादेवी भण्डारीले यहि २६ गते विभिन्ने क्षेत्रमा योगदान पुर्याएका ब्यक्तिलाई सम्मान गर्न लागेकी छिन ।

त्यसमा फुटबलबाट हरी खड्काले प्रबलजनसेवा श्री अवार्ड पाउने भएका छन ।

सरकारले अघिल्लो बर्ष नै यो अवार्ड दिनुपर्नेमा कोरोनाका कारण स्थगित भएको थियो ।

सन् १९९५ देखि २००५ सम्म नेपालका लागि खेलेका हरी खड्का राष्ट्रिय टिमबा धेरै गोल गर्ने खेलाडीको सूचीमा पर्छन । उनले देशका लागि १३ गोल गरेका छन ।

नेपालको जर्सीमा ४१ क्याप जितेका हरीले सन् २००५ मा सन्यास लिएका थिए । नेपाल पुलिस क्लवबाट ब्यवसायीक फुटबल खेलेका हरीले खेलाडी जीवनपछि प्रशिक्षकको भूमीका निभाएका थिए ।

जसमा उनले महिला टिमलाई साफ च्याम्पियनसिपका फाइनलमा पुर्याएका थिए । पछिल्लो पटक खड्का राष्ट्रिय खेलकुद परिषद्को बोर्ड सदस्यपनि रहेका छन ।

भर्खरै

Advertisement