Mega Bank

एएफसी कपकाे दाेस्राे चरणमा पुग्ने लक्ष्यमा आर्मी

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७७-१२-२४
  • |
  • 98 पटक हेरिएको

पहिलो पटक एएफसी कपको प्रारम्भिक छनौट खेल्न लागेको त्रिभुवन आर्मी क्लवका प्रशिक्षक नविन न्यौपानेले टिमको लक्ष्य दोस्रो चरणमा पुग्ने रहेको बताएका छन ।

बुधबार साँझ साँढे ५ बजे श्रीलंकन पुलिसविरुद्ध आर्मीले खेल्दैछ । यो खेलमा आर्मीले जित निकाल्नेमा विश्वस्त रहेको प्रशिक्षक नविन न्यौपानले बताए ।

उनले प्रि म्याच कन्फ्रेन्समा बोल्दै आर्मी टिम जितका लागि खेल्ने र टिमको सेटपिस पनि राम्रो रहेको बताए । उनले दशरथ रंगशालामा पहिलो चरणको खेल खेल्न लागेको र यो पहिलो चरण पार गर्ने लक्ष्य रहेको बताए ।

त्रिदेशीय कप खेल्ने टिममा भएपनि अधिकांश समय बेन्चमा बसेका आर्मीका कप्तान भरत खबासले भोलीको खेललाइ आफुलाइ प्रमाणित गर्ने अवसरका रुपमा लिएका छन । श्रीलङकन पुलिस टिमका कप्तान छमिका कुमाराले सवै खेलाडी अधिकृत रहेको र कोभिड महामारीका बेला ड्युटीमा खट्नु परेकाले छोटो समयको तयारीमा नेपाल आएको बताए ।

एएफसी क्लव लाइसेन्स पाएपछि ए डिभिजन लिगको उपविजेताका रुपमा एएफसी कप खेल्न लागेको हो । श्रीलंकन पुलिसविरुद्धको खेलमा जित निकालेमा आर्मीले दोस्रो खेलमा भारतको बैंगलुरु फुटबल क्लवसँग प्रतिस्पर्धा गर्नेछ । यो खेल अप्रिल १४ तारिखमा हुनेछ । सो खेलमा पनि आर्मी विजयी भएमा अप्रिल २१ ताखिरमा हुने प्लेअफको फाइनल खेल्नेछ ।

यो चरण पार गरेमा आर्मी समुह चरणमा डी मा हुनेछ । समुह डी मा भारतको मोहन बगान, बंगलादेशको बुन्धरा किंग्स र माल्दिभ्सको माजिया एण्ड रिक्रियसन रहेका छन ।

भर्खरै

Advertisement