महिला टी-२० क्रिकेटः मेयर ११ ले एपीएफसामु मात्र ६७ रनकाे लक्ष्य

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-२४
  • |
  • 305 पटक हेरिएको

ललितपुर मेयर कप महिला टी २० क्रिकेट प्रतियोगितामा विभागिए टिम एपीएफ क्लवले मेयर ११ बाट मात्र ६७ रनको लक्ष्य पाएको छ ।

कीर्तिपुर स्थित टियु मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मेयर ११ ले २० ओभरमा नौं विकेट गुमाउँदै रन बनायो । उसका तीन खेलाडीले मात्र दोहोरो अंक जोड्न सके ।

खराव सुरुवात गरेको मेयर ११ ले नौ रन बनाउँदा दुई विकेट गुमाएको थियो । अनुराधा चौधरी आठ रनमा आउट भइन भने विन्दा कटवालले मात्र एक रन बनाइन ।

त्यसपछि सरस्वती कुँवर ब्यक्तिगत १२ रनमा पेभेलियन फर्किएपछि मेयर ११ ले ३९ रनमा तेस्रो विकेट गुमायो । उसका विकेट झर्ने क्रम यतिमा रोकिएन । मेयर ११ रन ४७ रन बनाउँदा चार विकेट खेर फालेको थियो । तर उसको स्कोरबोर्डमा अरु तीन रन थपिदा थप तीन विकेट झर्यो ।

सुमन खतिवडा मात्र तीन रनमा आउट भइन भने अस्मिना कर्माचार्य दुई, आरती विडारीले खाता खोल्न सकिनन् । यस्तै विमला मगरले पनि मात्र एक रन बनाइन । मेयर ११ का लागि सन्तोषी चौधरीले १३ रनको योगदान गरिन ।

बलिङमा एपीएफका लागि विनु बुढाले चार तथा रेखा रावलले दुई विकेट लिइन । यस्तै सुमन विष्ट, करुणा भण्डारी र सिता रानामगरले एक एक विकेट हात पारे ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey