आधुनिक ओलम्पिक सुरु भएको एक सय २५ वर्ष

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-२४
  • |
  • 441 पटक हेरिएको

आधुनिक ओलम्पिक सुरु भएको आज एक सय २५ वर्ष पुरा भएको छ । विश्व खेलकुदको महाकुंभ मानिने ओलम्पिकको आधुनिक स्वरुपको सुरुवात सन १८९६ , अप्रिल ६ अर्थात आजकै दिन ग्रिसको एथेन्सबाट भएको थियो ।

दश दिन आयोजना भएको एथेन्स ओलम्पिकलाइ आधिकारीक रुपमा गेम्स अफ द फस्र्ट ओलम्यिाड नाम राखिएको थियो । विश्व खेलकुदको सवैभन्दा ठुलो खेलकुद इभेन्ट बनेको एथेन्स ओलम्पिकमा १४ देशका दुइ सय ४१ एथ्लिटले सहभागिता जनाएका थिए ।

उनीहरुले ४३ इटेन्टमा प्रतिस्पर्धा गरेका थिए । सहभागी एथ्लिटको दुइ तिहाइ खेलाडी ग्रिस बाटनै थिए । अमेरिकाका जेम्स कोनोली आधुनिक ओलम्पिकका पहिलो च्याम्पियन हुन् । उनले ट्रिपल जम्पमा स्वर्ण पदक जितेका थिए । मा पदक जित्ने पहिलो खेलाडी हुन् ।

परम्परागत ओलम्पिक ७ सय ७६ बि सी देखी ३ सय ९३ ए डी को बीचमा भएको थियो । फ्रान्स सहित १५ देशले १८९४ मा ओलम्पिकको स्वरुप परिवर्तन गर्ने प्रस्ताव गरेका थिए । २०२१ सम्म आइपुग्दा तीन पटक ओलम्पिक रद्ध भएको छ ।

कोरोना भाइरसका कारण गत वर्ष हुनु पर्ने टोकियो ओलम्पिक एक वर्ष पछि सर्दै आगामी जुनमा सुरु हुदैछ । जसमा दुइ सय बढी देशका दश हजार माथि एथ्लिटले प्रतिस्पर्धा गर्नेछन ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal