नेपाल, नेदरल्याण्ड्स र मलेसियाको क्रिकेट हेर्ने मूल्य १५० रुपैयाँ

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-२४
  • |
  • 601 पटक हेरिएको

नेपाल क्रिकेट संघ क्यानको आयोजनामा हुन लागेको त्रिकोणात्मक टी २० सिरिजका लागि टिकट मूल्य तोएिको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा अप्रिल १७ देखि २४ तारिखसम्म हुने प्रतियोगिताका लागि १५० रुपैयाँ टिकट मूल्य तोकिएको हो ।

उक्त सिरिजमा नेपाल, नेदरल्याण्ड्स र मलेसियाले प्रतिस्पर्धा गर्दैछन् । खेल दिउँसो सवा २ बजेदेखि सवा ५ बजे सम्म हुने छ ।

आईसीसी वल्र्ड लिग टू अन्तर्गतका सिरिज कोरोना महामारीको दोस्रो लहर चलेसँगै स्थगित भएपछि नेपाली खेलाडीहरुलाई व्यस्त राख्ने सेड्युल अनुसार क्यानले यो सिरिज आयोजना गरेको हो ।

यो सिरिज नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक डेभ ह्वाटमोरको पहिलो सिरिज पनि हुने छ ।

प्रतियोगिताको नाम बजाज पल्सर ट्राइनेसन्स सिरिज रहेको छ भने शिबम् सिमेन्टको पनि प्रायोजन रहेको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey