मुम्बईमा लकडाउन गरिएपनि आइपीएलमा असर नगर्ने

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-२३
  • |
  • 410 पटक हेरिएको

भारतको महाराष्ट्र राज्यमा कोरोना संक्रमणदर निकै बढेपछि स्थानीय सरकारले सोमबारबाट नै रातीको समयमा कफ्र्यु लगाउने र शुक्रबार देखि आइतबारसम्म लकडाउन गर्ने निर्णय गरेको छ । जसका कारण मुम्बईमा हुने भनिएको आइपीएल के हुन्छ भन्ने चासोमा मुम्बई क्रिकेट संघले अहिलेको अवस्थाले आइपीएलमा कुनै असर नपर्ने बताएको छ ।

आंशिक लकडाउन भएपनि आइपीएलमा यसले कुनै असर नगर्ने मुम्बई क्रिकेट संघ स्पष्ट पारेको छ । आइपीएलका बेला कुनैपनि खेलाडी वा स्टाफमा कोरोना नदेखिएको खण्डमा कुनै असर नगर्ने बताइएको छ । यदि कारणबस खेलका बेला त्यस्तो भएको खण्डमा रोक्नुपर्ने पनि हुनसक्ने बताइएको छ ।

आइतबार महाराष्ट्र सरकारको संसद बैठकले आंशिक लकडाउन गर्ने निर्णय गरेको थियो । जसमा विकेन्डमा पुरै लकडाउन गर्ने र राती आठ बजेपछि कफ्र्यु लगाउने निर्णय गरेको थियो ।

आइपीएलका बेला मुम्बईको वाङखडे स्टेडियममा १० खेल हुने तालिका छन । त्यसमा केहि खेलहरु विकेन्डको समयमा परेका छन । त्यसमा पहिलो खेल चेन्नेई र दिल्ली विच शनिबार हुने तालिका छन । मुम्बईमा अप्रिल १० देखि २४ तारिखसम्म आइपीएल खेलिनेछ । जसमा सबै टिमले प्रतिस्पर्धा गर्नेछन ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey