कृष्ण, मिलन, राजन सुदिप सेमिफाइनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-२३
  • |
  • 448 पटक हेरिएको

गणेशमान सिंह स्मृति आठौैँ सहकारी कप फिडे रेटिङ बुद्धिचाल प्रतियोगिताको चौथो दिन छैठौं र सातौँ चरणका खेलहरु सम्पन्न भए ।

जसमा सुुन्दर साकोस हेटौंडाका कृष्ण थापा, दोलखाका मिलन लामा, गजुमूखी चेस क्लबका राजन सुवेदी र नोभा साकोस ललितपुरका सुदिप तामाङ समान ६ अंकका साथ संयुक्त शिर्षमा रही नकआउट चरणमा प्रवेश गरेका छन् ।

ललितपुरको ताम्रकार भवनमा जारी प्रतियोगितामा कृष्णले छैटौं चरणमा स्वागतम साकोस ललितपुरका युवराज पौडेललाई माथ गरे भने सातौँमा दोलखा चेसका मिलन लामासहित बराबरी खेले । किलनले छैटौंमा गजुरकूखी चेस क्लबका फिडेमास्टर रिजेन्द्र राजभउण्डारीलाई हराएका थिए ।

त्यस्तै राजनले छैटौंमा गजुरमूखीका प्रकाशचन्द्र नेपाल र सातौँमा दोलखाका सुमित पन्तलाई निराश पारेका थिए । यसैगरी सुदिपले छैटौैंमा माउण्ट एभरेष्ट चेस एण्ड सोसियल क्लबका क्षितिज भण्डारी र सातौँमा गोल्डेनगेट कलेजका निकेन कुसाथलाई हराएका थिए ।

ललितपुर स्पोर्टस क्लब र ताम्रकार समाजद्वारा संयुक्त रुपमा आयोजित प्रतियोगिताका विजेतालाई यहाहा मोटरसाइकल, उपविजेताले नगद रु ६० हजार, तृतीयले रु ३० हजार र चौथोले रु. पच्चीस हजार हात पार्नेछन् । भने कूल नगद पुरस्कार ५ लाख ६१ हजार ४ सय रुपैयाँ रहेको छ ।

भोलि मध्यान्ह १२ बजे सेमिफाइनलको पहिलो खेल हुनेछन् । जसमा कृष्ण थापाले सुदिप तामाङ र मिलन लामाले राजन सुवेदीको सामना गर्नेछन् ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey