साविक विजेता मनाङ आहा रारा गोल्डकपको पहिलो खेलबाट नै बाहिर

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-२३
  • |
  • 825 पटक हेरिएको

साविक विजेता मनाङ मस्र्याङदी आहा रारा गोल्डकपको पहिलो खेलबाट नै बाहिरीएको छ । आज भएको खेलमा मनाङलाई संकटा क्लवले एक शुन्यले हराउँदै पहिलो खेलबाट नै बाहिर पठायो ।

पोखरा रंगशालामा भएको खेलमा संकटालाई सेमिफाइनलमा पुर्याउनका लागि फोफोनाको एकमात्र गोल निर्णायक बन्यो ।

४३ औं मिनेटमा निशान लिम्बुको सुन्दर मौका खेर गयो । अञ्जन विष्टबाट आएको बललाई रञ्जन विष्टले दिएको पासलाई निशानले वन टु वन अवस्थामा मौका खेर फाले ।

त्यसको अर्को मिनेटमा संकटाले खेलमा अग्रता बनायो । उसका फोफोनाले डिबक्समा मनाङका डिफेन्डरले बचाउन खोजिएको बललाई गोलमा परिणत गरे ।

पहिलो हाफमा एक गोलले पछि परेको मनाङले दोस्रो हाफमा खेलमा फर्कनका लागि निकै प्रयास गरेको थियो । बारम्बार संकटाको पोष्टमा आक्रमण गरेपनि सुखद नतिजा भने हात पार्न सकेन । उसका अञ्जन विष्टले पनि पाएका मौकाको सदुपयोग गर्न सकेनन् ।

यता संकटा क्लवले पनि दोस्रो हाफमा दुई वटा मौका पाएको थियो । तर गोल भने थप्न सकेन । जसका कारणपनि फोफोनाको एकमात्र गोल उसलाई सेमिफाइनलमा पुर्याउन सफल भयो ।

अब सेमिफाइनलमा संकटाले विभागिए टिम एपीएफसँग खेल्नेछ । एपीएफले पहिलो खेलमा घरेलु टिम सहारा क्लवलाई हराउँदै सेमिफाइनलमा पुगेको थियो । प्रतियाेगितामा भाेली थ्रीस्टार र नेपाल पुलिस क्लवविच प्रतिस्पर्धा हुनेछ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey