लुम्बिनीकाे लगातार दाेस्राे हार, प्रदेश एक १० विकेटले विजयी

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-२३
  • |
  • 299 पटक हेरिएको

ललितपुर मेयर कप महिला टी २० क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले लगातार दोस्रो हार ब्यहोरेको छ । आज भएको खेलमा लुम्बिनी प्रदेश एकसँग १० विकेटले पराजित भयो ।

कीर्तिपुर स्थित टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा दुई विकेट गुमाउँदै एक सय चार रन बनायो ।

सुरुवात राम्रो गर्न नसकेको लुम्बिनीले १० रनमा पहिलो विकेट गुमाएको थियो । उसकी ओपनर बर्षा रानाले खाता खोल्न सकिनन् ।

दोस्रो विकेटका लािग नितु भण्डारी र सरस्वती घर्तिमगरले ५९ रनको साझेदारी गर्दै टिमलाई सम्हालेका थिए । जसमा नितुले १८ रन बनाइन ।
त्यसपछि सरस्वतीले अर्धशतकीय पारी खेलिन । उनले ६६ बलमा ५० रन बनाइन । यस्तै कप्तान नेरी थापाले २० रनको योगदान गरिन । बलिङमा सबनम राईले एक विकेट लिइन ।

जवाफमा प्रदेश एकले कप्तान रुवीना क्षेत्रीको अर्धशतकमा १३ ओभर दुई बलमा लक्ष्य पुरा गर्यो । लुम्बिनीविरुद्ध प्रदेश एकका लागि रुविनाले ४९ बलमा १२ चौका र एक छक्काको मद्धतले ६८ रन बनाइन ।

रूविनाकाे जारी प्रतियाेगितामा पहिलाे अर्धशतक हाे भने समग्रमा अर्धशतक बनाउने छैटाैं खेलाडी बनेकी छिन । यस्तै काजल श्रेष्ठले ३२ बलमा २५ रन बनाइन ।

यो जितसँगै प्रदेश एकले दुई खेलमा दुई अंक बनाएको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey