एपीएफकाे दाेस्राे जित, आर्मीको पहिलो हार

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-२३
  • |
  • 685 पटक हेरिएको

विभागिए टिम एपीएफ क्लवले जारी आरबीबी एनभिए राष्ट्रिय महिला तथा पुरुष लिग भलिबलमा जितको यात्रालाई निरन्तरता दिएको छ ।

आज भएको खेलमा एपीएफले अर्को विभागिए टिम त्रिभुवन आर्मीलाई तीन एकको सेटमा हरायो ।

त्रिपुरेश्वर स्थित राखेपको कर्भडहलमा भएको खेलमा एपीएफले आर्मीको एक सेटको अग्रतालाई उल्ट्याएको हो ।

एपीएफले पहिलो सेटमा आर्मीसँग १९–२५ को हार ब्यहोरेको थियो ।

तर त्यसपछि उत्कृष्ट कमब्याक गर्दै एपीएफले लगातार तीन सेटमा जित हात पार्यो ।

जसमा दोस्रो सेट २५–१० ले जित्यो भने तेस्रो सेट २५–१७ ले आफ्नो पक्षमा पार्यो । चौथो सेटमा पनि २५–२२ ले जित्दै एपीएफले जितको यात्रालाई कायम राख्यो ।

लिगमा आर्मीको यो पहिलो हार हो । आर्मीले यसअघि होङ्गान्जी न्यु डायमन्ड र ढोरपाटनलाई पराजित गरेको थियो । एपिएफको यो दोस्रो जित हो । पहिलो खेलमा ढोरपाटनलाई हराएको एपिएफ दोस्रो खेलमा पुलिससँग ३–२ को सेटमा पराजित भएको थियो ।

यो जितपछि एपिएफको ३ खेलबाट ७ अंक पुगेको छ । चार खेल खेलेको आर्मीको ८ अंक छ । पुलिसको पनि ८ अंक नै छ । न्यु डायमन्डको ७ अंक छ ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal