लुम्बिनीद्वारा प्रदेश एक सामु एक सय पाँच रनकाे लक्ष्य

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-२३
  • |
  • 391 पटक हेरिएको

ललितपुर मेयर कप महिला टी २० क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले प्रदेश एकलाई एक सय पाँच रनको लक्ष्य दिएको छ ।

कीर्तिपुर स्थित टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा दुई विकेट गुमाउँदै एक सय चार रन बनायो ।

सुरुवात राम्रो गर्न नसकेको लुम्बिनीले १० रनमा पहिलो विकेट गुमाएको थियो । उसकी ओपनर बर्षा रानाले खाता खोल्न सकिनन् ।

दोस्रो विकेटका लािग नितु भण्डारी र सरस्वती गंगा मगरले ५९ रनको साझेदारी गर्दै टिमलाई सम्हालेका थिए । जसमा नितुले १८ रन बनाइन ।

त्यसपछि सरस्वतीले अर्धशतकीय पारी खेलिन । उनले ६६ बलमा ५० रन बनाइन । यस्तै कप्तान नेरी थापाले २० रनको योगदान गरिन । बलिङमा सबनम राईले एक विकेट लिइन ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal