आइपीएलमा १० भन्दा बढि पटक शुन्य रनमा आउट हुने खेलाडी को को ?

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-२३
  • |
  • 380 पटक हेरिएको

इन्डियन प्रिमियर लिगको नयाँ सिजन यहि अप्रिल नौ तारिखबाट सुरु हुँदैछ । कोभिडको महामारी भारतमा कायमै रहेका बेलापनि विभिन्न ६ शहरमा यो बर्षको आइपीएल हुँदैछ । आज हामी आइपीएलका १३ सिजनसम्म धेरैपटक शुन्य रनमा आउट हुँने ब्याट्सम्यानको चर्चा गर्नेछौ ।

आइपीएलको १३ सिजनमा १३ खेलाडी १० भन्दा बढि पटक खाता नै नखोल्दै आउट भएका छन । यो सूचीमा एक विदेशी खेलाडी रहेका छन । आइपीएलमा धेरै पटक शुन्यमा आउट हुने एक्लो विदेशी खेलाडी ग्लेन म्याक्सवेल रहेका छन । उनले अहिलेसम्म ८२ खेल खेल्दा १० पटक खाता नखोली आउट भएका छन ।

आइपीएलमा अजिन्क्या राहाणे र रोहित शर्मा १३ पटक शुन्य रनमा आउट भएका छन । मुम्बईलाई पाँच पटक आइपीएलको उपाधि दिलाएका रोहित आइपीएलमा दुई सय खेल खेल्ने दोस्रो खेलाडी हुन । उनी भन्दा अगाडी चेन्नेईका कप्तान महेन्द्रसिंह धोनी रहेका छन । उनले दुई सय चार खेल खेलेका छन ।

आइपीएलमा अहिलेसम्म धेरै पटक शुन्यमा आउट हुने खेलाडीको सूचीमा हरभजन सिंह, पार्थिव पटेलपनि शिर्ष स्थानमा रहेका छन । रोहित र अजिन्क्यासँगै हरभजन र पार्थिवपनि १३–१३ पटक शुन्य रनमा आउट भएका छन ।

यस्तै पिउस चावला, मनदीप सिंह, मनिष पाण्डे, अंबाती राइडु, गौतम गम्भिर १२–१२ पटक शुन्य रनमा आउट भएका छन । पीउसले एक सय ६४ खेल खेलेका छन भने मनदीपले एक सय चार, मनिषले उक सय ४६, अंबातीले एक सय ५९ र गम्भिरले एक सय ५४ खेल खेलेका छन ।

यस्तै दिनेश कार्तिक एक सय ९६ खेलमा ११ पटक शुन्य रनमा आउट भएका छन । अमित मिश्राले एक सय ५० खेल खेल्दा १० पटक आउट भएका छन । १० पटक शुन्य रनमा आउट हुने खेलाडीमा ग्लेन म्याक्सवेल, शिखर धवनपनि छन । शिखरले एक सय ७२ खेल खेल खेलेका छन।
यो सूचीमा एक सय भन्दा कम खेल खेल्ने म्याक्सवेल एक्लो खेलाडी हुन ।

यो सिजनको आइपीएलको फाइनल मे ३० तारिखमा तय भएको छ । आठ टिमको सहभागिता रहेको प्रतियोगिता ५२ दिनसम्म हुनेछ । जसमा ६० खेल हुनेछन ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey