हुर्काज मायामी ओपनको च्याम्पियन

0

पोलिस खेलाडी हुबर्ट हुर्काज मायामी ओपनको च्याम्पियन बनेका छन् ।

१९ वर्षिय इटालियन खेलाडी यानिक स्नरलाई दुइ सुन्यको सोझो सेटमा हराउँदै उनले उपाधी जितेका हुन् ।

पहिलो सेट उनले सात चारले जित्दा दोस्रो सेट ६–४ ले आफ्नो पक्षमा बनाएका हुन् ।

२४ वर्षे हुर्काज एटिपी मास्टर एक हजार जित्ने पहिलो पोल्याण्डका खेलाडी समेत बनेका छन् । उनले जारी सिजनको दोस्रो प्रतियोगिताको फाइनल जित्दा एक घण्टा ४३ मिनेटको समय खर्चिका थिए ।

यस अघि उनले जनवरीमा भएको डेल रे बिच ओपनको उपाधी जितेको थिए । यो नतिजासँगै करियरमै पहिलो पटक एटिपी बरियताको उत्कृष्ट २० मा उक्लनेछन् ।

Post Add 1025X115
Loading...