भाेजपुरकाे मेयर गाेल्डकप बैशाख ५ गतेबाट

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-२२
  • |
  • 825 पटक हेरिएको

भोजपुरमा चौथो अन्तराष्ट्रिय आमन्त्रण मेयर गोल्ड कप फुटबल प्रतियोगिता बैशाख पाँच गतेबाट सुरू हुने भएको छ । जिल्ला सदरमुकामको टुडिखेल मैदानमा हुने प्रतियोगितामा आठ टिमको सहभािगता हुनेछ ।

प्रतियोगिताको विजेताले पाँच लाख रुपैयाँ पाउनेछन भने उपविजेताले तीन लाख रुपैयाँ पाउनेछन । प्रतियोगितामा आयोजक भोजपुर फुटबल क्लब, धरान फुटबल क्लब सुनसरी, सगरमाथा युथ क्लब मोरंग, धनकुट्टा फुटबल क्लब धनकुट्टा, रेडहर्ष फुटबल क्लब इलाम, भगवती स्पोर्टस क्लब खोटाङ, गोर्खा ब्याइज क्लब रूपन्देही, अफ्रिकन रूट एसोसियसन क्यामरूनकाे सहभागिता हुनेछ ।

प्रतियोगिताको अनुमानित खर्च ३४ लाख लाग्ने जिल्ला फुटबल संघ का महासचिब साथै यस प्रतियोगिताका संयोजक सफल किरातले बताए । भोजपुर जिल्ला फुटबल संघका अध्यक्ष प्रबीन सुवालले यस कार्यक्रम लगतै जिल्ला लिग र तेस्रो महिला मेयर कप फुटबल प्रतियोगिता संचालन हुने बताइएको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey