विभिन्न गाेल्डकपमा भ्याई नभ्याई हुँदै क्यामरूनकाे टिम अफ्रिकन रुट्सलाई !

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-२२
  • |
  • 673 पटक हेरिएको

नेपालका विभिन्न गोल्डकप खेल्नका लागि दुई साता अगाडी आएको क्यामरुनको टिम अफ्रिकी रुट्स युनाइेटडलाई यतिबेला भ्याइ नभ्याई भएको छ । काठमाडौं बाहिरका विभिन्न गोल्डकप खेल्न ब्यस्त रहेको अफ्रिकी रुट्सले पछिल्लो पटक एकपछि अर्को प्रतियोगिता खेलिरहेको छ ।

एक सातामा तीन वटा प्रतियोगिता खेलेको अफ्रिकी रुट्सले शनिबार विजय खड्की स्मृती गोल्डकपको उपाधि जित्यो । त्यसको अर्को दिन पोखराको आहा रारा गोल्डकप खेल्न पोखरा पुग्यो । त्यहाँ उसले लिग च्याम्पियन मच्छिन्द्र क्लवलाई हराएर सेमिफाइनलमा पुगेको केहि बेरमा नै फेरी हेटौडामा जारी बागमती गोल्डकपको फाइनल खेल्नका लागि हिड्यो ।

त्यहाँ उसले फाइनलमा थ्रीस्टारसँग खेल्नेछ । त्यो सकिएपछि फेरी आहा रारा गोल्डकपको लागि पोखरा नै फर्किनेछ । पोखरामा उसले २६ गते सेमिफाइनल खेल्नेछ । त्यो खेलमा जित निकालेमा उसको ब्यस्तता झन बढ्ने छ । किनकी २६ गतेबाट नै सुरु हुने विराट गोल्डकपमा पनि सो टिमले सहभागिता जनाउने छ । त्यसपछि सर्लाहीमा हुने गोल्डकपमा पनि प्रतिस्पर्धा गर्ने तालिका छ । यस्तैमा भाेजपुर गाेल्डकपपनि खेल्ने तालिका छ ।

एकपछि अर्को खेल र विश्रामको कमि भएपनि रुट्सका खेलाडीको फिटनेसमा भने कमि आएको छैन । काठमाडौं बाहिरका गोल्डकप खेल्नका लागि नै भनेर आएको यो टिमले प्रतियोगिता खेल्ने स्विकृती भने लिएको छ । यसैविच यहि टिमका केहि खेलाडीलाई आसन्न नेपाल सुपर लिगका लागि विभिन्न क्लवले माग पनि गरेका छन । त्यसमा पहिलो नम्वरमा पोखरा रहेको छ । उसले यो टिमका तीन खेलाडीलाई एनएसएलका लागि राख्न खोजेको छ । तर अझै पुर्णता भने पाउन सकेको छैन ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey