विश्व च्याम्पियनको स्मृतिमा पावर लिफ्टिङ हुने

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-२२
  • |
  • 477 पटक हेरिएको

नेपाल पावर लिफ्टिङ संघले दुईपटकका पावर लिफ्टिङको मास्टर्सतर्फका विश्व च्याम्पियन रुप कार्कीको स्मृतिमा प्रतियोगिता आयोजना गर्ने भएको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा रुप कार्की स्मृति प्रथम नेपाल्स स्ट्रोङगेष्ट पावर लिफ्टिङ प्रतियोगिता चैत २७ र २८ गते हुने आइतबार आयोजित पत्रकार सम्मेलनमा आयोजक कमिटीका संयोजक समेत रहेका आयोजक संघका अध्यक्ष सुन्दर भुसालले जानकारी गराए ।

प्रतियोगितामा करिब १ सय ५० खेलाडीको सहभागिता रहने आयोजक कमिटीका सचिव सुरेश सुवेदीले जानकारी दिए । पुरुषतर्फ ६, महिलामा २ र पुरुष मास्टर्समा २ गरी जम्मा १० स्पर्धामा प्रतिस्पर्धा हुने जजेज कमिटीका संयोजक बुद्धी कार्कीले अवगत गराए । हरेक स्पर्धामा शीर्ष तीन स्थान हात पार्ने खेलाडीले क्रमशः १० हजार, ५ हजार र ३ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।

पुरुष र महिलाका प्रत्येक स्पर्धामा पहिलो हुने खेलाडीबीच पुनः प्रतिस्पर्धा गराइ ओभरअल विजेताको पनि चयन गरिने छ । त्यसको विजेताले छुट्टै जनही ५१ हजार नगद पुरस्कार हात पार्ने छन् । प्रतियोगिता सञ्चालन गर्न करिब १२ लाख खर्च हुने आयोजकले जनाएको छ ।

अमेरिकामा बस्दै आएका स्व. कार्कीको नेपालमै रहेका बेला केहि महिनाअघि हृदयघाटका कारण निधन भएको थियो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey